भक्तपुर बाल सुधार गृहका ७५ जनालाई नुवाकोटमा सारियो



काठमाडौं ।

भक्तपुर बाल सुधार गृहका ७५ जना बालबन्दीलाई नुवाकोटस्थित कारागारमा सारिएको छ । पुस ३ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार १८ वर्ष पूरा भएका बालकहरलाई केन्द्रीय कारागार कार्यालय नुवाकोटमा सार्ने निर्णय भएको थियो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार माघ ९ गते भक्तपुरका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिले पनि १८ वर्षमाथिका बाल बिज्याइकर्तालाई स्तान्तरण प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।

कारागार व्यवस्थापन विभागले ७६ जना बालबिज्याइकर्तालाई स्थानान्तरणको अनुमति दिएको थियो । तर १ जना भने बिरामी भएपछि उनीबाहेकलाई स्थानान्तरण गरिएको हो । सुधारगृहमा रहेका बाँकी ६७ जना बाल बिज्याइकर्ताहरूलाई पनि स्थानान्तरण गर्ने तयारी सरकारले गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १८ गते आइतबार