लहान ।
एसियन स्मार्ट एग्रो कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष प्रवीण कुमार लामाको अध्यक्षतामा सिराहाको लहानस्थित होटल इस्ट प्वाइन्टमा गत कात्तिक ७ गते सभा सम्पन्न भएको हो ।
सभाको उद्घाटन कम्पनीका अध्यक्ष लामाले गरेका थिए । कार्यक्रममा सञ्चालक चन्द्रमोहन श्याङ्वाले उपस्थित सञ्चालक तथा शेयरधनीहरूलाई स्वागत गरेका थिए । सभाले सञ्चालक समितिको प्रस्तावअनुसार कम्पनीको वार्षिक प्रतिवेदन, लेखापरीक्षणसहितको आर्थिक प्रतिवेदन र लेखापरीक्षक नियुक्तिसम्बन्धी प्रस्ताव पारित गरेको छ ।
त्यसैगरी संस्थापक समूहका शेयरधनीको तर्फबाट पाँच जना सञ्चालक नियुक्त गर्ने, कम्पनीको जगेडा शेयरबाट १ः२ अनुपातमा हकप्रद शेयर जारी गर्ने तथा पूर्वसञ्चालन खर्च र सञ्चालकको खर्च स्वीकृत गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ ।
सभाले उपयुक्त कम्पनीहरूलाई प्राप्ति वा मर्जर गर्ने तथा कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णयसमेत गरेको छ । सभाको समापन गर्दै अध्यक्ष लामाले प्रथम वार्षिक साधारण सभा सफल बनाउन उपस्थित सम्पूर्ण शेयरधनी तथा सञ्चालकहरूलाई धन्यवाद व्यक्त गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्