26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

नेपालगन्जमा बजाज एक्सचेन्ज महामेला, दुई दिनमै २५ मोटरसाईकल बिक्री

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, अशोज २१, २०७८  

नेपालगन्ज ।

बाँकेको नेपालगन्जमा मंगलवारदेखि सुरु भएको ‘बजाज एक्सचेन्ज महामेला’ मा ग्राहकको उल्लासपूर्ण सहभागिता देखिएको छ ।

नेपालगन्जको लागि बजाज मोटरसाईकलको आधिकारिक बिक्रेता पानस मोटर्सले पुष्पलाल चोक नजिकै वाटरपार्कमा बजाज एक्सचेन्ज महामेलाको आयोजना गरेको हो ।

पानस अटो मोटर्स प्रालिका सञ्चालक ज्ञानेन्द्र खनालले मंगलवार र बुधवार दुई दिनमै २५ जना ग्राहकले पूरानो मोटरसाईकल दिएर नयाँ बजाजका मोटरसाईकल लगेको जानकारी दिए ।

‘महामेलामा बजाजका विभिन्न मोटरसाईकलमा सेवाग्राहीहरुको आकर्षण देखिएको छ’ उनले भने, ‘हामीले सोचेभन्दा बढी ग्राहक वर्गहरुले बजाजका मोटरसाईकलहरु मन पराइदिनुभएको छ ।’

उनका अनुसार बजाजको ग्राहक लक्षित योजनाको फाइदा लिदै नयाँ मोटरसाइकल किन्नेहरुपनि बढेको सञ्चालक खनालले बताए । दसैं तथा तिहारको अवसरमा बजाजका उत्पादनहरुको बिक्रि वितरण र एक्सचेन्ज गर्ने उद्देश्यले आयोजना गरिएको महामेला असोज २५ गतेसम्म चल्नेछ ।

महामेलामा ग्राहकलाई विभिन्न अफर र छुट सुविधा समेत रहेको छ । महामेलामा बजाजका साथै अन्य कम्पनीका प्रोडक्ट यामाहा, होण्डा र हिरो लगायतका मोटरसाईकलको भ्यालुलेसनसहित अतिरिक्त १० हजार रुपैयाँ थपेर नयाँ मोटरसाईकल पाइने गरेको छ ।

यसैगरी, मेला अवधिभर ग्राहकहरुको लागि ५ हजार मूल्य प्याकेट बराबरको लेगाड, हेलमेट, झोला र बाइकको कभरको किड निःशुल्क उपलब्ध गराइएको पानस मोटर्सले जनाएको छ । यस्तै शून्य प्रतिशत ब्याज र महामेला स्थलमै फाइनान्स लगायतका नयाँ स्किम समेत राखिएको छ ।

‘कोभिड–१९ को जोखिमलाई मध्यनजर गरी विशेष सुरक्षा अपनाइ महामेलामा ग्राहकको उल्लेख्य उपस्थितीले बजाज कम्पनीको मोटरसाईकलप्रतिको विश्वसनीयता, सन्तुष्टिकै कारण ग्राहकलाई छिटो छरितो सेवा दिने प्रबन्ध मिलाएका छौं’ सञ्चालक खनालले भने ।

महामेलामा दिनहुँ विभिन्न मनोरञ्जनात्मक गतिविधि समेत सञ्चालन भइरहेको छ । यसैबीच महामेलामा राखिएको बम्पर उपहारमा बुधवार बाँकेको खजुरा गाउँपालिका मोहम्मद आरिफ खाँले ५७ हजार रुपैयाँ नगद जितेका छन् ।

प्रकाशित मितिः बिहिबार, अशोज २१, २०७८     12:50:03 PM  |