काठमाडौँ ।
रसुवा बाढीको सन्नाटा अझै सकिएको छैन् । १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले अकल्पनीय जनधनको क्षति पु¥याएको छ । हालसम्म पनि सरकारले खोज, उद्धार र राहत कार्यलाई तीव्रता दिइरहेको छ । यो विपत्तिमा देश–विदेशका नागरिक तथा विभिन्न संघ–संस्थाले आर्थिकदेखि राहत सामग्री सहयोग गरिरहेका छन् ।
नेपालकै बैंकिङ क्षेत्रले पनि घाइतेको उपचार, राहत तथा पुनस्र्थापनाका लागि सहयोग घोषणा गरेका छन् भने कसैले सहयोग समेत गरिसकेका छन् । सबैले विपत्को कठिन समयमा मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति सहानुभूति तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
आइएमई ग्रुपद्वारा १० करोड सहयोग
बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आइएमई ग्रुपले १० करोड रूपैयाँ बराबरको सहयोग प्रदान गर्ने भएको छ । आइएमई ग्रुप तथा ग्रुपले प्रवद्र्धन गरेका कम्पनीहरू ग्लोबल आइएमई बैंक, आइएमई लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, चन्द्रागिरि हिल्स, डिसहोम, आइएमई मोटर्स एवम् साझेदार कम्पनी अशोक लिलेण्ड, आइएमई खल्ती, स्विफ्ट टेक्नोलोजी, मिदास हेल्थ, माइमार्ट, लुम्बिनी केबलकार, आइएमई फाउन्डेसन लगायतका अन्य कम्पनीमार्फत सहयोग उपलब्ध हुनेछ ।
त्यस्तै, आइएमई ग्रुप अन्तर्गतका कम्पनीहरूमा कार्यरत कर्मचारीहरूको तर्फबाट समेत १ दिनको तलब बराबरको रकम उपलब्ध गराउने ग्रुपले जनाएको छ । साथै, आइएमई फाउन्डेसनको समन्वयमा थप राहत तथा जिन्सी सहयोग उपलब्ध गराउने प्रतिबद्धतासमेत गरेको छ । आइएमई ग्रुपले अकल्पनीय विपदमा बेपत्ताहरूको खोजी, घाइतेहरूको उपचार, प्रभावितहरूका लागि खाद्यान्न र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग पु¥याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग उपलब्ध गराउन लागेको जनाएको छ ।
एनआईएमबीले दियो करोड १ लाख
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड १ लाख आर्थिक सहयोग गरेको छ । प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायत जिल्लाहरूमा मानवीय तथा भौतिक क्षति तथा नागरिकको दैनिक जीवन प्रभावित भइरहेको वर्तमान अवस्थामा राहत तथा उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले बैंकले सो कोषमा रकम सहयोग गरेको बताएको छ । विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको साथमा रहँदै खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सरकार तथा सम्बन्धित निकायलाई सहयोग पु¥याउने यस मानवीय कार्यमा बैंकले ऐक्यबद्धता जनाएको छ ।
प्राइम कमर्सियल बैंकद्वारा ३ करोड १ लाख जम्मा
प्राइम कमर्सियल बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा ३ करोड १ लाख रूपैयाँ आर्थिक सहयोग तथा ७ लाख रूपैयाँ बराबरको विभिन्न खाद्यान्न सामग्रीहरू सहयोग प्रदान गरेको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठबाट उक्त सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका थिए । बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने उद्देश्यले बैंकले उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको हो । प्राकृतिक विपद्का कारण प्रभावित नागरिक तथा समुदायहरूको राहत र पुनस्र्थापनाका लागि नेपाल सरकार तथा सम्बन्धित निकायसँग सहकार्य गर्दै आगामी दिनमा पनि आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता समेत बैंकले व्यक्त गरेको छ ।
सिद्धार्थ बैंकद्वारा २ करोड ५१ लाख सहयोग
सिद्धार्थ बैंकले विपद् प्रभावितहरूको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पु¥याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध सिद्धार्थ बैंकले कठिन परिस्थितिमा प्रभावित नागरिकहरूको पीडामा साथ दिने तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन योगदान पु¥याउने विश्वासका साथ उक्त रकम कोषमा उपलब्ध गराएको जनाएको छ । आगामी दिनहरूमा पनि देश तथा समाजलाई आवश्यक परेको बेला आफ्नो सामाजिक दायित्वप्रति प्रतिबद्ध रहँदै यस्ता मानवीय कार्यहरूमा निरन्तर सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गरेको छ ।
नेपाल लाइफले दियो २ करोड ५१ लाख
बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको उद्धार, राहत, पुनस्र्थापना तथा मानवीय सहयोगका लागि नेपाल लाइफ इन्स्योरेन्सले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग रकमको चेक कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवाल, पूर्वअध्यक्ष गोविन्दलाल संघाई र प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा हस्तान्तरण गरेका थिए ।
यस सहयोगले विपद्बाट प्रभावित नागरिकहरूको तत्काल उद्धार, राहत तथा पुनस्र्थापना कार्यमा थप सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ । साथै, सामाजिक उत्तरदायित्व प्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै विपद् तथा संकटका समयमा राज्य र समुदायसँग सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ । नेपाल लाइफले सम्पूर्ण नागरिकलाई प्रभावित समुदायको राहत तथा पुनस्र्थापनामा आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न समेत आग्रह गरेको छ ।
माछापुच्छ्रे बैंकको २ करोड एक लाख सहयोग
माछापुच्छ्रे बैंकले रसुवाको भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितका लागि सहयोग गरेको छ । बैंकले दुई करोड एक लाख रूपैयाँँ आर्थिक सहयोग गरेको हो । बैंकका अध्यक्ष रोशन केसीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि अर्थमन्त्री स्वर्णिम वाग्लेलाई रकम हस्तान्तरण गरेका हुन् । विनाशकारी विपत्तिलगत्तै बैंकले प्रभावित नागरिकको लागि खाद्यान्न, ओड्ने ओछ्याउने लगायतका दैनिक उपभोग्य राहत सामाग्रीहरू यसअघि नै उपलब्ध गराइसकेको जानकारी दिएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको उक्त रकमले प्रभावित नागरिक तथा समुदायलाई राहत उपलब्ध गराउन तथा पुनस्र्थापना कार्यमा केही हदसम्म सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग
बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनस्र्थापनाका लागि शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ६५ लाख रूपैयाँँ आर्थिक सहयोग गरेको छ । बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बैंकको तर्फबाट ५५ लाख र कर्मचारीहरूको तर्फबाट १० लाख गरी कूल ६५ लाख रूपैयाँँ आर्थिक सहयोग गरेको हो । प्राकृतिक विपत्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहु, चितवन लगायतका जिल्लाहरूमा मानवीय तथा भौतिक क्षति र नागरिकहरूको दैनिक जीवन प्रभावित भइरहेको अवस्थामा राहत तथा पुनस्र्थापना कार्यमा सहयोग पु¥याउने उद्देश्यले सो कोषमा रकम सहयोग गरेको बैंकले जनाएको छ । ‘विपद्को कठिन घडीमा प्रभावित नागरिकहरूको साथमा रहँदै खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सरकार र सम्बन्धित निकायहरूलाई सहयोग पु¥याउने मानवीय कार्यमा बैंकले ऐक्यवद्धता जनाएको हो,’ बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
मुक्तिनाथ विकास बैंकले दियो ५० लाख
मुक्तिनाथ विकास बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रूपैयाँ सहयोग प्रदान गरेको छ । विपद्को यस घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै बैंकले प्रदान गरेको सहयोगले राहत तथा उद्धार कार्यमा केही हदसम्म योगदान पुग्ने विश्वास लिएको छ । बैंकले आगामी दिनमा पनि विपद् प्रभावित नागरिकको सहयोग तथा समुदायको हितमा आवश्यक सहकार्य र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेको छ ।
कामना सेवा विकास बैंकद्वारा २५ लाख सहयोग
कामना सेवा विकास बैंकले २५ लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बैंकको सञ्चालक समितिको निर्णयअनुसार बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १० लाख तथा बैंकमा कार्यरत कर्मचारीहरूको एक दिनको तलबबापत १५ लाख गरी कूल २५ लाख रूपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।उक्त सहयोग रकम प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा जम्मा गरिएको बैंकले जनाएको छ । उक्त सहयोगले प्राकृतिक विपद्का कारण प्रभावित परिवार तथा समुदायको तत्कालीन आवश्यकता सम्बोधन गर्न तथा राहत र उद्धार कार्यमा थप सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । प्राकृतिक विपद्को यस कठिन घडीमा सबै पक्षको समन्वय, सहकार्य र मानविय सहयोगवाट प्रभावित समुदायलाई राहत तथा पुनःस्थापनामा टेवा पुग्ने भएकोले सम्पूर्ण सरोकारवालाहरूलाई सहयोगको लागि जुट्नसमेत आव्हान गरेको छ ।
आरएसडिसी लघुवित्तको पाँच लाख सहयोग
आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले बाढी प्रभावितहरूका लागि पाँच लाख रूपैयाँँ सहयोग गरेको छ । संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख रूपैयाँँ सहयोग प्रदान गरेको हो । संस्थाका प्रमुख कार्यकारी अधिकृत ध्रुवकुमार पौडेलले संकटको यस घडिमा राहत तथा उद्धार कार्यका लागि नेपाल सरकार तथा विभिन्न संघ–संस्थाहरूले गरेको सार्थक पहलप्रति ऐक्यबद्धता जनाउँदै वित्तीय संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा पाँच लाख रूपैयाँँ सहयोग प्रदान गरेको जानकारी दिए ।
संस्थाले भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट सृजित प्राकृतिक प्रकोपले रसुवालगायत आसपासका जिल्लाहरूमा मानवीय तथा भौतिक संरचनामा ठूलो क्षति हुन गएको र देशमा आइपरेको यस विषम् पस्थितिका कारण ज्यान गुमाउने नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै वित्तीय संस्थाको तर्फबाट परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । यस प्राकृतिक प्रकोपका कारण सम्पर्कविहीन भएका सर्वसाधारण, बैंक तथा वित्तीय संस्थालगायत विभिन्न संघ–संस्थामा कार्यरत कर्मचारी र तिनका परिवारजनले व्यहोर्नु परेको पीडाप्रति वित्तीय संस्थाले गहिरो सहानुभूति प्रकट गरेको छ ।









प्रतिक्रिया दिनुहोस्