ऐतिहासिक ठाँटी मेला लाग्ने



सुर्खेत ।

जिल्लाको चिङ्गाड गाउँपालिका–३ र ४ को संगम साविक मटेला ठाँटीमा ऐतिहासिक मेला लाग्ने भएको छ । ऐतिहासिक ठाँटी मेला–२०८२ को पुर्व सन्ध्यामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मार्फत मेलामा बृहत खेलकुद तथा साँस्कृतिक कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।
मेला आयोजक तथा ठाँटी बजार व्यवस्थापन समितिका अध्यक्ष महेश जिसीका अनुसार हरेक वर्ष कार्तिक शुक्ल पुर्णीमाको अवसरमा परम्पराग रूपमा चिङ्गाड ठाँटी मेला लाग्ने गरेको छ ।

परापूर्व कालदेखि लाग्दै आएको यस मेलालाई आपसी भेटघाट, सामाजिक एकता, सद्भाव र सहिष्णुताको प्रतिकको रूपमा लिने गरिएको उनले बताए । उनका अनुसार मेलाको अवसरमा कार्तिक शुक्ल चतुर्दशीका दिन ठाँटीमा हरेको देउतिबज्यै मन्दिरमा रातभर खडारात्री (पुजा आराधना) गरिनेछ । भने पुर्णीमाको दिन सुर्खेत, दैलेख, जाजरकोट लगायतका विभिन्न ठाउँहरूबाट आएका साँस्कृतिक झाँकी मेला प्रवेश गरि प्रदर्शन गर्ने गर्ने तयारी छ ।

‘मेलामा (बाजा, लहरे पैसरी नाच÷खेल, झ्यालिकाता अर्तात् जन्ते÷खाँडो नाच÷खेल, सिंगारु नाच, गर्रा अर्थात् मैयूर नाच, देउडा खेल) प्रर्दशन गरिनेछ’ उनले भने, ‘विगत केहि वर्षदेखि निरन्तर रूपमा ठाँटी बजार व्यवस्थापन समितिले मेलाको व्यवस्थापनसँगै खेलकुद तथा साँस्कृतिक कार्यक्रम गर्दै आएको छ ।’

मेलामा स्थानीय घरेलु उत्पादन (ठेकी, सुपो, सोली, डोको, नाम्लो, आँसी, खुंडा, नारलो) स्थानीय कृषि उत्पादन (बदाम, सखरखण्ड, तरुल, सुन्तला, केरा, बेलौत) लगायत अन्य व्यापार व्यवसाय समेत प्रवद्र्धनमा योगदान पुग्ने अपेक्षा छ । कला, साहित्य र खेल क्षेत्रका अग्रजहरूको सम्मानका साथै अनुभव, ज्ञान र सिपको संरक्षण तथा पुस्तान्तरण एवं नयाँ प्रतिभाहरूको पहिचान हुनेछ । मेलाका अवसरमा ठाँटीबजार व्यवस्थापन समितिले अन्तरपालिका स्तरीय पुरुष भलिबल र क्रिकेट प्रतियोगितासँगै बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक १९ गते बुधबार