6 December 2023  |   बुधबार, मंसिर २०, २०८०

बर्दियाको एक टुक्रा हिरा मनै लोभ्याउने बबई उपत्यका

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, अशोज १०, २०७५  

रावन विश्वकर्मा :  बर्दिया/   मध्यपश्मिाञ्चल विकास क्षेत्रको बर्दिया जिल्ला सौन्दर्यताले भरिपुर्ण जिल्ला हो । यस जिल्लामा प्रशस्त मात्रमा पर्यटकिय स्थलहरु रहेका छन । सुन्दरताल र पर्यटकिय दृष्टिकोणले बर्दिया आफैमा भरिपुर्ण छ । यस जिल्लामा थुप्रै पर्यटकिय सम्भावना बोकेका क्षेत्रहरु छन । यस्तै क्षेत्रहरु मध्येको बबई उपत्यका एक हो ।

भौगोलिक रुपमा विकट मानिए पनि बबई उपत्यकामा पर्ने चेपांङ क्ष्ोत्र हरेक दृष्टिले सौन्दर्य छ । पहाड, बबई नदि, भेरी बबई डाईभर्सन, प्रशस्त घाँसे मैदान, छहरा, खोला, पुल पुलेसा, मनोरम वातावरण, बर्दिया राष्ट्रिय निकुञ्ज र बाँके राष्ट्रिय निकुञ्जको बिचमा रहेकाले पनि पर्यटन विकासको सम्भावना बाकेको छ । चेपाङलाई बर्दियाको एक टुक्रा हिराको रुपमा पनि लिने गरिन्छ । बर्दियाको बाँसगढी नगरपालीकाको–१ मा पर्ने चेपाङ स्थानीय माछाका लागि पनि प्रख्यात क्षेत्र हो सो क्षेत्रलाई पर्यटकिय क्षेत्रको पहिचान गरी बेलैमा पर्यटकिय स्थलको रुपमा विकास गर्न सके बाँसगढीले बेलैमा फड्को मार्ने निश्चित छ ।

नेपागलगञ्ज सुर्खेत रत्न राजार्गमा पर्ने प्रदेश नम्बर ६ प्रवेशद्धरामै रहेकाले पनि बबई चेपाङमा पर्यटक भित्रिने ठुलो सम्भावना देख्न सकिन्छ । बाँसगढी क्षेत्रको पर्यटकिय सम्भावना बोकेका स्थानहरुको अहिले बाँसगढीका सचेत युवाहरुले पहिचान, बिकास र सम्भावनाको खोजी गरिरहेका छन । बाँसगढीका सचेत युवाहरुले बाँसगढी नगरपालीकाले बबई चेपाङ पाउनु एक टुक्रा हिरा पाएको बताएका छन । बाँसगढी नगरपालीकाले थुुमनी, अस्नेरी अमैया, बेलौली, राँझा बबई चेपाङ सम्म पर्यटकिय स्थलहरुको रुपमा बिकास र सहज आवागमन भए बाँसगढीले पर्यटन विकास र आर्थिक विकासमा फड्को् मार्न सकिने सचेत युवाहरुको भनाई छ ।

बर्दिया राष्ट्रिय निकुन्ज सँग जोडिएको, सुन्दर पर्वतीय दृष्य, आकर्षक झरना तथा पँधेराहरु, बबइ लगायत थुप्रै नदि नालाहरु बाँसगढीका सचेत युवाहरुको सम्भावना सहितका योजना अघि बढाएको बेला बर्दिया राष्ट्रिय निकुञ्जले निकुञ्ज प्रवेशको नाका खोल्ने भए पछि झनै सम्बृद्धिको संभावना बढेको सचेत युवा शंकर शर्माले बताए । “बासगढी नगरपालिकाको बृहत्तर पर्यटकीय ट्याक थमुनी देखी चेपाङ्ग यातायात सेवा को अवधारण सचेत युवाले अगाढी सारेको सचेत युवा कृष्ण पौडेलले बताए ।

उनले भने बृहत्तर पर्यटकीय ट्र्याक को सबै भन्दा उत्तर पुर्व मा अवस्थित “चेपाङ्ग“ पर्यटकिय सम्भावनाले निकै धनी रहेको छ । केहि गर्नै पर्छ, गरेरै छाड्ने हो । सबैले यहि संकल्प बोके मात्र पुग्छ । पहाडको बाटो, बबई नदिको तिरै तिर, खुला आकास, भेरी बबई डाइभर्सन, जमेर घुमौ हाम्रो चेपाङ्ग । बाँसगढी नगरपालीका वडा नम्बर १ का वडा अध्यक्ष जयराज पाण्डेले बबई उपत्यकालाई पर्यटकिय क्षेत्रको रुपमा बिकास गरी कसरी पर्यटकको मुख्य आकर्षण केन्द्र बनाउन सकिन्छ भनेर स्थानिय समाजसेबी, बुद्धिजिबी, युवा लगायत सँग बहस र छलफल गरिरहेको बताए ।

प्राकृतिक रुपमा भरिपुर्ण बबई चेपांग क्षेत्रलाई कृषि आर्गेनिक क्षेत्रको रुपमा विकास गर्ने, होमस्टे सञ्चालन गर्ने लगायतका योजनाका बारेमा छलफल गरिरहेको र पर्यटकिय क्षेत्रको रुपमा विकास गरी कसरी धेरै भन्दा धेरै पर्यटकहरु भित्र्याउन सकिन्छ भन्ने तर्फ नै अग्रसर रहेको पाण्डेले बताए । बाँसगढी नगरपालीकाका नगर प्रमुख सालिकराम अधिकारीले पनि बाँसगढी क्षेत्रमा पर्ने चेपाङलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने योजनाका साथ अगाढी बढेको बताए ।

नगर प्रमुखले भने बाँसगढीमा रहेको ऊँ केद्धारेश्वर धामलाई मुख्य केन्द्रको रुपमा विकास गरी बढैयाताल, लक्ष्मणपुरमा रहेको थारु होमस्टेमा थारु संस्कृति, थुमनीमा, बेलौली लगायतका स्थानहरुमा होमस्टे सञ्चालन गर्ने र त्यहाका मनोरम दृश्य, तालतलैयाहरुमा घुमाउदै राँझा हुदै बबई चेपांङ सम्म पर्यटकहरु घुमाउने योजनाका साथ काम भईरहेको बताए ।

प्रकाशित मितिः बुधबार, अशोज १०, २०७५     8:42:51 AM  |