कुरुवा घर सञ्चालनमा आएसँगै अस्पतालमा उपचार गराउन आउने विपन्न तथा दूरदराजका बिरामीका कुरुवाहरूले न्यूनतम शुल्कमा सुरक्षित र सुविधासम्पन्न वासको व्यवस्था गरिने उनले जानकारी दिएका छन् । कुरुवा घरमा टेलिभिजन, आधुनिक एट्याच बाथरुम र २४सै घण्टा निःशुल्क उच्च गतिको इन्टरनेट सेवा सहितको सुविधा रहने पनि उनले बताए ।
नेपालगन्ज, ११ साउन
बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा १५ कोठे बिरामी कुरुवा घर सन्चालनमा आएको छ । लायन्स क्लब नेपालगन्ज–खजूराले निर्माण गरिदिएको उक्त भवनमा अस्पतालले सहकार्य गरेर बिरामी कुरुवा घर सन्चालनमा ल्याइएको अस्पतालका कार्यकारी निर्देशक डा. निरज भट्टराईले जानकारी दिए ।
अस्पतालमा पश्चिम नेपालका विभिन्न दुर्गम जिल्लाहरूका साथै छिमेकी मुलुक भारतबाट समेत ठुलो सङ्ख्यामा क्यान्सर बिरामीहरू उपचारका लागि आउने गरेको र उनीहरुका कुरुवाहरु बस्नका लागि ठाउँको अभाव हुने गरेकोमा अब उक्त अभाव केही मात्रामा कम हुने उनले बताए । ‘लामो समयसम्म चल्ने क्यान्सर उपचारका क्रममा बिरामीका आफन्त तथा कुरुवाहरूले बस्न र खानका लागि भोग्नुपरिरहेको ठुलो समस्यालाई मध्यनजर गर्दै यो कुरुवा घर निर्माण गरिएको हो,’ डा. भट्टराईले भने ।
कुरुवा घर सञ्चालनमा आएसँगै अस्पतालमा उपचार गराउन आउने विपन्न तथा दूरदराजका बिरामीका कुरुवाहरूले न्यूनतम शुल्कमा सुरक्षित र सुविधासम्पन्न वासको व्यवस्था गरिने उनले जानकारी दिएका छन् । कुरुवा घरमा टेलिभिजन, आधुनिक एट्याच बाथरुम र २४सै घण्टा निःशुल्क उच्च गतिको इन्टरनेट सेवा सहितको सुविधा रहने पनि उनले बताए ।
कुरुवा घरको व्यवस्थापनका लागि बाल क्यान्सर रोग विशेषज्ञ डा. सुवास मेहताको संयोजकत्वमा पूजा उपाध्याय, राजेश रिजाल र भुवन खनाल सदस्य रहेको समिति पनि गठन गरिएको छ ।
भवन निर्माण तथा कुरुवा घर सन्चालनमा सहयोग गर्ने लायन्स क्लबप्रति कृतज्ञता पनि व्यक्त गर्दै डा. भट्टराईले अस्पताललाई थप जनमुखी र सेवामूलक बनाउने अभियानमा आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्