काठमाडौँ ।
मंगलबार ६ अंकले बढेको नेप्से सूचक आज थप १४ अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १४ अंकले बढ्दै २ हजार ५९० अंकमा उक्लिएको हो ।
तथापि, आज कारोबारमा भने ठूलो गिरावट आएको छ । अघिल्लो दिन ६ अंकले सूचक बढेको बजारमा ८ अर्ब ४१ करोड ७५ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ९३ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको थियो । तर, आज १४ अंकले नेप्से सूचक बढ्दा पनि कारोबार भने घटेर ४ अर्ब १७ करोड ३ लाख ९८ हजार रुपैयाँमा झरेको नेप्सेले जनाएको छ ।
आज इनभेष्टमेन्ट समूहको उपसूचक ऋणात्मक भएको छ भने बाँकी १२ वटा उपसूचक धनात्मक भएका छन् । १९५ कम्पनीको शेयर मूल्य बढ्दा आज ६० वटा कम्पनीको शेयर मूल्य भने घटेको छ ।
प्रकाशित मिति : २०८३ असार ३१ गते बुधबार









प्रतिक्रिया दिनुहोस्