काठमाडौँ।
सीडीएस एन्ड क्लियरिङ लिमिटेडले हितग्राही खाता (डिम्याट) खोल्दा राष्ट्रिय परिचयपत्र नम्बर समावेश गर्नुपर्ने व्यवस्था लागू गर्ने भएको छ । सेयर बजारलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यले विगतमा भएका पत्राचार र पूर्वतयारीलाई निरन्तरता दिँदै सीडीएससीको हालै बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
निर्णयअनुसार असार १ गतेदेखि लागू हुने गरी नयाँ हितग्राही खाता (डिम्याट) खोल्दा अनिवार्य रूपमा राष्ट्रिय परिचय नम्बर उल्लेख गर्नु पर्नेछ । यसका साथै हाल सञ्चालनमा रहेका पुराना हितग्राही खाताहरूको विवरण अद्यावधिक गर्दा समेत हितग्राहीको विवरणमा राष्ट्रिय परिचय नम्बर समावेश गर्नुपर्ने भएको छ ।
प्रकाशित मिति : २०८३ जेठ २६ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्