2 March 2021  |   मङ्लबार, फाल्गुन १८, २०७७

मोदीको शैक्षिक प्रमाणपत्रबारेको विवादमा गुजरात विश्वविद्यालयले दियो जानकारी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख २०, २०७३  

नयाँ दिल्ली, वैशाख २० । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शैक्षिक प्रमाणपत्रबारे पछिल्लो दिन देखिएको विवादका बारेमा गुजरात विश्वविद्यालयले आफ्नो मौनता तोडेको छ ।

सो विश्वविद्यालयका अनुसार मोदीले स्नातकोत्तर (एमए) पास गरेका छन् । अहमदावादस्थित गुजरात विश्वविद्यालयका कुलपति एमएन पटेलले मोदीको स्नातकोत्तर डिग्रीका बारेमा जानकारी दिदैं भनेका छन्, ‘उहाँले समग्रमा ६२.३ प्रतिशत अंक ल्याउनु भएको छ ।’

यद्यपि उनले मोदीको स्नातक (बीए) तहको प्रमाणपत्रका बारेमा आफूसँग कुनै तथ्यांक नरहेको बताएका छन् । बीए तहको अध्ययन मोदीले दिल्लीमा गरेका कारण सो तहको तथ्यांक आफ्नो विश्वविद्यालयसँग नरहेको उनले बताए ।

पटेलका अनुसार मोदीले एमएको पहिलो वर्ष ४०० पूर्णाङ्कमा २३७ नम्बर ल्याएका छन् भने दोस्रो वर्ष ४०० पूर्णाङ्कमा २६२ नम्बर ल्याएका छन् । समग्रमा कुल ८०० मा ४९९ नम्बर ल्याउँदै उनी उत्तीर्ण भएको पटेलले जनाएका हुन् ।

सन् २०१४ मा लोकसभा चुनावअघि दिइएको जानकारी अनुसार मोदीले दिल्ली विश्वविद्यालयबाट स्तातक र गुजरात विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् ।

केही दिनअघि दिल्लीका मूख्यमन्त्री अरविन्द केजरीवालले मूख्य सूचना आयुक्तलाई लेखेको पत्रमा प्रधानमन्त्री मोदीसँग कुनै शैक्षिक योग्यता नरहेको आरोप लाग्दै आएको उल्लेख गर्दै जनतालाई वास्तविकता जानकारी दिन आग्रह गरिएको थियो । (एजेन्सी)

प्रकाशित मितिः सोमवार, बैशाख २०, २०७३     11:01:35 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *