एउटा अल्बाट्रसः चरा मन भएका माण्ठको वकपत्र



अछुत कोपिला 

तपाईं यात्रामा कत्तिको रुचि राख्नुहुन्छ रु कि तपाईंको इतिहास पठनमा रुचि छ रु कसैलाई समाज विकासमा रुचि हुन्छ, कसैलाई भूराजनीतिक इतिहास र अन्र्तराष्ट्रिय राजनीतिमा । तपाईंलाई नियात्रामा मात्र रुचि छ भने पनि सागर गैरैको नयाँ नियात्रा सङग्रह ‘एउटा अल्बाट्रस’ प्रशान्त महासागरदेखि कालासागरसम्म तपाईंको छनोट हुन सक्छ । अन्र्तराष्ट्रिय राजनीति, त्यहाँको परिवेशबारे मात्र रुचि छ भने पनि यो कृति तपाईको लागि उपयुक्त हुनसक्छ । तपाईंलाई दुवैमा रुचि छ भने त झन् गजबै भइहाल्यो । ‘एउटा अल्बाट्रस’ तपाईको लागि किनपनि उपयुक्त हुनसक्छ भने तपाईंले यात्राको गहन वर्णन, ती ठाउँबारे विगत र वर्तमानका साथसाथै ती ठाउँहरूको सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक र राजनीतिक अवस्थाबारे जानकारीमूलक स्वाद भेट्नुहुनेछ । सामान्यतः म पुस्तक पढ्न रुचाउने माण्ठ हुँ । सकेसम्म पुस्तक पढ्न खोज्छु । मैले पढ्ने कुनै निश्चित विधा मात्रै छैन । नयाँ प्रकाशित कृति, राम्रो लेखक र चर्चामा रहेका पुस्तक किनेरै पढ्ने गरेको छु । पढ्न किनेका धेरै पुस्तकहरू ‘वटिङ लिस्टै’ थन्किएका छन् । यहीँबेलामा मेरो हातमा आइपुग्यो  ‘एउटा अल्बाट्रस’ । पुस्तक पढेर सकिएको के थियो, लेख्न हतार भयो मलाई । वास्तवमा मलाई किन यो पुस्तककाबारेमा लेख्न हतार भयो रु मनै आश्चर्यचकित भएको छु ।  अहिलेसम्म मैले दर्जनाौं पुस्तक पढें  तर नियात्रा सम्बन्धि यो मेरो पहिलो कृति हो । पहिलो कृतिले नै मनलाई हल्लाइदियो । जसको कारण नलेखी बस्नै सकिन ।
कतिपयलाई नियात्रा पढ्न बोझिलो लाग्दो हो रु तर, मलाई यो नियात्रा पढेपछि खुसीको अनुभूति भएको छ । यो नियात्राले यात्राका थुप्रै आयामहरुलाई बोकेको छ । नियात्रासँगसँगै पाठकहरू ती देशहरूमा यात्रा गरिरहेको अनुभूति गर्छन् जसरी पढ्दै जाँदा आपूm स्वयम् त्यहाँ पुगेको अनुभूति गरेको थिएँ । पाठकहरू नियात्रा सँगसँगै आकाशमा उड्न थाल्छन्, समुद्रमा सयर गर्छन् । न त समयको हेक्का राख्छन्, न त दूरीको । बस यात्रा गर्छन्, सबै ‘एउटा अल्बाट्रस’ बनेर ।

‘एउटा अल्बाट्रस’ पुस्तकको शीर्षक नै बडो रोचक छ । अल्बाट्रस एउटा चराको नाम हो । जसका सबल पखेटा छन् । असीम उडान उसको विशेषता हो । अनुशासनको अर्को नामसमेत हो, अल्बाट्रस । जो उडिरहन्छ अनवरत । मौन र स्थिर भएर । आकाश उसको घर हो । हावा बाटो हो । यात्रा त उनको धर्म भइहाल्यो । जसले एकैपटकमा हजारौ माइल दुरी पार गर्छ । कहिलेकाहीँ महाद्धिपहरूमा महिनौंसम्म पनि उड्नसक्छ भुई नछोइकन । महिनौं उडिरहने अदभूत क्षमता भएको चरा हो, अल्बाट्रस । सहनशिलताको चरम उदाहरणपनि । लाग्छ त्यति लामो समय कसरी उड्दो हो । गन्तव्यभन्दा बढी उड्नु उससँग भएको आत्मविश्वासको नमुना हो । सगरमाथा नाघेको छ,जसले । महासागर छिचोलेको छ ।  मानिस र चरा दुवै सजिव हुन् । मानिस र अल्बाट्रस यात्री हुन् । अल्बाट्रससँग पखेटा छ । मानिससँग पखेटा छैन । तर चरा जस्तै उड्न खोज्ने मन छ । जसले उसलाई उड्न सहयोग गर्छ । त्यहीँ मनलाई लेखक गैरेले अल्बाट्रसभित्र कैद गरेका छन् । अनि अल्बाट्रस भएका छन् । जसलाई अल्बाट्रस जस्तै लामा वेगहरूको कावा खादैँ समुन्द्रमा विचरण गर्न मन छ । विविध भूगोल टेक्नु छ । सिंगो पृथ्वीलाई एक फन्को मार्न मन छ । उनी सकेसम्म यात्रा गरिरहन्छन् । तर, घुम्नु र दृष्यहरू नियाल्नु जति सजिलो छ । त्यति नै गाह्रो छ, तिनलाई शब्दमा उतार्न । लेखक गैरेले निकै सुन्दर ढङ्गले आफ्नो यात्रालाई कलात्मक शैलीमा सिंगारेका छन् ।

समकालीन विश्वको एक शक्तिशाली मुलुक हो, अमेरिका । युरोपका एक चर्चित नाविक, क्रिस्टोफर कोलम्बसले अमेरिकाको वहामास टापु पत्ता लगाए । उनी स्पेनका एक समुन्द्री जहाज चलाउने शिक्षित व्यापारी थिए । भारत आउने असफलतासँगै कोलम्बसले प्राप्त गरेको अभूतपूर्व सफलता अमेरिका पत्ता लगाउनु थियो । उनको नामबाट नामाकरण गरिएको मुलुक छ, कोलम्बिया । त्यसो त भास्को डे गामाले भारत आउने मार्ग पत्ता लगाएका हुन् । कोलम्बस भने यायावर मार्कोपोलोबाट प्रभावित थिए । इटलीको भेनिस नगरमा जन्मिएका महान यात्री मार्कोपोलो प्राचीन रेशम मार्ग हुँदै चिन पुग्ने पहिलो युरोपेली थिए । फर्डिनान्ड मेगेलन,–जो पृथ्वी घुमेर फिलिपिन्स पुगे । अस्ट्रेलिया, न्यूजिल्याण्डसहित हवाई टापु र प्यासिफिक क्षेत्र पत्ता लगाउने व्यक्ति हुन् जेम्स कुक ।  माथि उल्लेखित दृष्टान्त तिनै अन्वेषक, यात्री, यायावर र साहसी नाविकहरूका कृति हुन् । मानव सभ्यताको निर्माण र खोजमा यात्रीहरूको महत्वपूर्ण भूमिका छ । त्यही भूगोलमा मानिसले सयांै देशका सीमाहरू कोरेका छन् । ती देशलाई सम्मानपूर्वक उनीहरूको नाम दिइएको छ । अनेकन कथा बुनिएको छ । यी र यस्तै प्रसंगसँग जोडिएको छ भूगोल, समाज र मानिसको इतिहास । एआई युगसम्म आइपुग्दा विज्ञान र प्रविधिको चमत्कारिक परिवर्तन भएको छ ।  ठिक यही युगका माण्ठ ९मानिस० हुन् सागर गैरे । जसलाई डुलेर खान पुग्दैन । आफू बाँचिरहेको समयको संसार देख्ने रहर छ । पृथ्वीका कुनाकन्दरामा के भइरहेको छ, उनमा जिज्ञासा छ । उनी एउटा यायावर हुन् । आकस्मिक रुपमै झोला बोकेर निकिन्छन् । कहिले समुद्रमा पुगेर छाल छुन्छन् । कहिले अग्ला पहाडमा पुग्छन् । ग्रामिण इलाकातिर कुद्छन् । सकभर धेरैभन्दा धेरै ठाउँ पुग्न खोज्छन् उनी । राजनीतिकशास्त्रका विद्यार्थी उनी अन्र्तराष्ट्रिय राजनीतिबारे चासो राख्छन् । समाजशास्त्रको विद्यार्थी हुनुका नाताले भूराजनीतिक इतिहास र वर्तमान समाजको विकासप्रति अनेक जिज्ञासा छन् उनीसँग ।  जिवित हुनु भनेको गतीशिल हुनु हो । उनी घुमिरहन्छन् । घुम्दाका अनुभूति लेखिरहन्छन् । इतिहासको अध्ययन गर्दा अन्वेषकबाट प्रेरणा लिएका उनी आपूmलाई सीमान्त यात्री छान्छन् । यात्रा आफैमा एउटा सिर्जना हो । अभिव्यक्तिसमेत हो यात्रा । गैरेको नियात्रा सङ्ग्रह, ‘एउटा अल्बाट्रस’ प्रसान्त महासागरदेखि काला सागरसम्मको यात्राको दस्तावेज पनि हो ।

‘एउटा अल्बाट्रस’ प्रशान्त महासागरदेखि काला सागरसम्म निबन्धकार तथा नियात्राकार सागर गैरेको चौथो कृति हो । नियात्रा सङ्ग्रकमा गैरेले आपूm घुमेका पाँच देशका विविध विषय समावेश गरेका छन् । ती देश हुन्, मलेसिया, भियनाम, गोवा९भारत०, फिलिपिन्स र जर्जिया । यी देशहरूलाई नै पुस्तकको मुख्य विषयसूचीमा समावेश गरेका छन् । मुख्य पाँच विषयसूचीमा समेटिएको यो सङ्ग्रमा ३३ वटा उपशीर्षकहरू छन् । गैरेले ती देशहरूमा हिडेर, महशुस गरेर, छोएर, हेरेर र अनुभूत गरेर लेखेको नियात्रा हो, ‘एउटा अल्बाट्रस’ ।  ‘एउटा अल्बाट्रस’ भित्र ती देशका विषयमा सिर्जनात्मक वर्णन गरिएको छ । लेखकले यात्राका क्रममा देखेका विविध रोचक पक्षहरू उजागार गरेका छन् । गैरेले त्यहाँको राजनीतिक, सामाजिक र सांस्कृतिक पक्षलाई आफ्नो देशसँग तुलना गर्दै लेखेका छन् । त्यतिमात्र होइन कृतिमा भूमण्डलीकरण र इतिहासको साम्राज्यवादी प्रभाव तथा असरसमेत समावेश गरिएको छ । जहाँ गैरेको लेखक अवतारले दिमाग र दिल, मन र मस्तिष्क सँगसँगै चलाएको अनुभव गराउँछ । आपूm घुमेका क्षेत्रमा देखेका विविध पक्ष, त्यहाँको विकास, ऐतिहासिक, सांस्कृतिक, सामाजिक र धार्मिक अवस्थालाई हाम्रो देशको अवस्थासँग तुलना गरेका छन् ।  मलेसिया शीर्षक अन्तर्गत ६ वटा उपशीर्षक रहेका छन् । जसको शीर्षक छ ‘मलयादेखि मलेसियासम्म’ । मलेसिया यात्रा तय भएदेखि नै सागरले यात्राका लागि पखेटाहरू फटफटाउन सुरु गरिसकेका छन् । यस नियात्रामा दक्षिण पूर्वी एसियाको एक सुन्नी बहुल मुस्लिम देश मलेसियाका बारेमा सविस्तार वर्णन गरिएको छ । पहिला सैनिकका रुपमा मलेसिया पुगेका नेपालीहरूको रोजगारीको प्रमुख गन्तव्य कसरी बन्न पुग्यो रु यसको गुदी कुरा नियात्रामा उल्लेख छ । अहिले मलेसिया सबैभन्दा धेरै नेपाली श्रमिक भएको मुलुक हो । अहिलेपनि दश लाख बढी नेपाली त्यहाँ कार्यरत छन् ।  ‘केदामा नेपाली महाथीर’ मा महम्मद महाथीरले कसरी मलेसियाको विकास गरे जान्न पाइन्छ । उनी मलेसियाका लोकप्रिय प्रधानमन्त्री हुन् । जो केदामा हुन् । दुरदर्शी नेताको पहिचान स्थापित गराएका महाथीरको नेतृत्वमा मलेसियामा कायापलट भयो । ‘यदी म मरेको भए १’ मा यात्राको क्रममा भोगेका कुरा सविस्तार छ ।

वेलकम गेन्टिङमा क्रिकेट, धार्मिक पर्यटन लगायतका विषय समावेश छन् । ‘गेन्टिङमा नेपाली गुँरास’ यात्राका विविध आयाम र यात्राले सिर्जना गरेका सिर्जनाहरू समेटिएको सङ्गालो हो । ‘क्वालालम्पुरमा अन्तिम दिन’ उनको मलेसियाको यात्रा समग्र रुप हो । जहाँ नियात्राकार गैरेले विभिन्न सन्दर्भहरू तथ्यपरक रुपमा प्रस्तुत गरेका छन् ।   नियात्राकार गैरे घुमेको अर्को देश हो भियतनाम । यसमा ६ वटा उपशीर्षक छन् । विश्वमा सबैभन्दा धान, कफी र काजु उत्पादन गर्ने भियतना हो चि मिन्हको देश हो । हो चि मिन्ह एक क्रान्तिकारी योद्धा हुन् । उनी एक सामान्य परिवारमा जन्मिएका थिए । उनी जन्मेको समय भियतनाम फ्रान्सेलीहरूको उपनिवेश थियो । भियतनाम यस्तो देश हो, जसले कुनै बेला साम्राज्यवादी देशरूको उपनिवेश भोग्यो । हो चि मिन्हले मातृभूमिको स्वतन्त्रताका लागि मानवीय न्याय, समानता र सद्भावका लागि आयू सिध्याए ।  हो चि मिन्ह स्वतन्त्र भियतनामका पहिलो राष्ट्रपति हुन् । बा डिउ स्क्वायरमा अहिलेपनि उनको शव राखिएको छ । यो स्थान त्यहाँको ऐतिहासिक मैदान÷चोक हो । जहाँबाट उनले भियतनाम स्वतन्त्र भएको घोषणा गरेका थिए । त्यस दिनको सम्झनामा भियतनाममा अहिलेपनि राष्ट्रिय स्वतन्त्रता दिवस मनाइन्छ । हो चि मिन्ह नियात्राकारका आदर्श हुन् । त्यहाँ पुग्दा उनी रोमाञ्चित हुन्छन् । जहाँ पुग्दा उनको रहर पूरा भएको छ । गैरै हो चि मिन्हको समाधिस्थल ‘हो चि मिन्ह मसोलियम’ पुगे । भियतनामलाई बुद्ध धर्मको नमुना मानिन्छ । भियतनाम अहिले स्वतन्त्र छ । समृद्धिको यात्रामा छ । हनोई भियतनामको प्राचिन राजधानी हो । वल्र्ड क्वार्टर सबैभन्दा पुरानो व्यवसायिक केन्द्र हो । ‘हो चि मिन्ह मसोलियम’ र ‘वल्र्ड क्वार्टर’ भियतनामका गौरव हुन् । यात्राहरू कहिल्यै सकिदैनन् । गरेले कुुहिरोभित्र सापाको सौन्दर्य देखेँ । फनक्क घुमेर फेन्सिपान घुमेँ । समुद्रबाट उठेका पहाड चढ्दै स्मृति बोकेर स्वदेश फर्किएका छन् । यसैगरी अल्बाट्रसमा उनी गोवा ९भारत० शीर्षकमा सात वटा उपशीर्षक रहेका छन् । यस्तैगरी लेखक फिलिपिन्स यात्राका अनुभूति पाँच वटा उपशीर्षकमा वर्णन गरेका छन् । जर्जिया भ्रमणका प्रसङ््ग समेटेर आठ वटा उपशीर्षक बनाएका छन् ।

सागर गैरे पाल्पामा जन्मिए तर बर्दियामा हुर्के बढे । हाल बाँकेको कोहलपुरमा बसोबास गर्दै आएका उनी व्यवसायी हुन् । कोहलपुरलाई उनले तीनदशकदेखि कर्मथलो बनाउँदै आएका छन् । उनले ‘पूर्णिमा’ नामक साहित्यिक पत्रिका सम्पादन गर्दै आएका छन् । पूर्णिमा पत्रिका र सागर गैरे एक अर्काका पर्याय जस्तै छन् । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानलाई स्थापित बनाउन उनले खेलेको योगदान महत्वपूर्ण रहदै आएकोे छ ।  एक समय स्थानीय तथा राष्ट्रियस्तरका पत्रपत्रिकामा उनका लेख रचना निरन्तर छापिइरहन्थे । साहित्यका फरक–फरक विधामा दख्खल राख्नु गैरेको विशेषता हो । यसअघि उनका फरक तीन परक फरक विधाका पुस्तक प्रकाशित भइसकेका छन् ।  निबन्ध सङग्रह ‘लकडाउन’ उनको पहिलो कृति हो । ‘लकडाउन’ कोभिड–१९ को समयमा नेपालमा गरिएको लकडाउनको प्रभाव, मानिसहरूको मानसिकता र सामाजिक यथार्थमा केन्द्रित छन् । जहाँ लेखकले लकडाउनको यर्थाथ चित्रण गरेका छन् । लकडाउनका कारण सर्वसाधारणले भोग्नुपरेको सास्ती, बजार बन्द हुँदाको सन्नाटा र जनजीवनमा परेको नकारात्मक प्रभावलाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ । लकडाउनले मानिसहरूमा ल्याएको डर, त्रास, अन्योल र परिवारसँगको बसाइलाई सामाजिक र मनोवैज्ञानिक कोणबाट विश्लेषण गरिएको छ । ग्रामीण र शहरी जीवनको भिन्नतालाई लकडाउनको समयमा ग्रामिण भेगको तुलनामा शहरी क्षेत्रमा बस्ने मानिसहरूले बढी सास्ती खेप्नुपरेको र दैनिक ज्यालादारी गर्नेहरूलाई परेको पिरमर्कालाई जोड दिइएको छ । लकडाउनको अवधिमा वातावरणमा आएको सकारात्मक परिवर्तन र प्रकृतिको पुनःप्राप्तिबारे पनि उनले चर्चा गरेका छन् ।

दोस्रो प्रकाशित कृति हो ‘बलइगाउँदेखि बाकुसम्म’ । बलइगाउँ गेरैको बाल्यकाल बिताएको बर्दियाको सीमासँग जोडिएको भारतीय हाटबजार हो । जहाँ उनी आजभन्दा तीन दशक अघि पुगेका थिए । नियात्रामा उनले बलइगाउँको किनमेल संस्कृतिबारे उल्लेख गरेका छन् । बाकु अजरवैजानको राजधानी हो । जुन पश्चिम एसियाको एक मुस्लिम मुलुक हो । अजरवैजान कुनै समय सोभियत संघसँग जोडिएको एउटा राज्य थियो । तर पछि स्वतन्त्र भयो । आफ्नो जीवनकालको पहिलो विदेशी भूमि थियो ‘बलइगाउँ’ । जहाँ उनले पहिलो पाइला टेके । त्यतिबेला अनुभव र अनुभूतिलाई मिहीनरुपमा उल्लेख गरिएको छ । बलइगाउँदेखि बाकुसम्म नियात्रा सङग्रह हो । जसमा १३ नियात्रा समेटिएका छन् । जसमध्ये ७ वटा भारतसँग सम्बन्धित छन् । बाँकी ६ देशको यात्रा गर्दाका कुरा लेखेका छन् । जसमा जसमा उनले अनुभूति र अनुभव समेटेका छन् । वस्तुपरक र आत्मपरक शैली लेखिएको कृतिमा लेखकको उत्कृष्ट आत्मानुभूति लेखक शील्प झल्किएको छ ।  उनको तेस्रो कृति हो ‘मोहोर’ उपन्यास । यो औपन्यासिक कृति उनका आफ्नै बाको कथा हो । उनले आफ्नै बालाई केन्द्रमा राखेर ‘मोहोर’ छापेका छन् । मोहोरका नायक गैरेका बा घनश्याम गैरे अर्थात गैरे मामा हुन् । उपन्यास र कथाको सिद्धान्त भन्दा आफ्ना बुवाका अनुभव र अनुभूति, आफ्ना छट्पटी तथा उकुसमुकुसलाई कथाको माध्यमबाट उवडखावड, आरोह–अवरोह, अत्यास अनुराग, दुःख र सुखका तमाम भोगाइ समेटेका छन् । उपन्यासले तत्कालीन समयको सामाजिक, आर्थिक तथा ऐतिहासिक पक्षलाई समेटेको छ । सागर गैरे निरन्तर लेखिरहने पात्र हुन् । निबन्ध र नियात्रामा उनको रुचि अलिबढी नै केन्द्रित देखिन्छ । उनका दुई दुईवटा नियात्रा कृतिहरू प्रकाशित छन् भने एक निबन्ध र एक आख्यान प्रकाशित छ । कोहलपुरको सुगन्ध आउने भूइँ मान्छेहरूका कथा समेटेको कथा सङ्ग्रह र कोहलपुरको साहित्यिक इतिहास समेटिएको समालोचनात्मक कृतिको प्रकाशनको अन्तिम तयारी गरिरहेका सागर गैरेको साहित्यिक यात्रा निरन्तर चलिरहोस् शुभकामना ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ २ गते शनिबार