नेपालगन्ज ।
बाँकेको नेपालगन्जस्थित एन्जल्स स्कुल नेपालगन्जमा आयोजित प्रथम मेयर साँस्कृतिक कप सामूहिक लोकनृत्य प्रतियोगितामा प्रथम भएको छ। प्रथम हुँदै विद्यालयले ५१ हजार रूपैयाँ नगर पुरस्कार, प्रमाणपत्र तथा कप जित्न सफल भएको छ ।
बाँके कला केन्द्रको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न अन्तर विद्यालय प्रतियोगितामा नेपालगन्ज भित्रका १२ वटा विद्यालयहरू सहभागी थिए । सहभागीमध्ये एन्जल्सका विद्यार्थीहरूले प्रस्तुत गरेको कौडा (कौराहा) नाचको प्रदर्शनले प्रथम स्थान प्राप्त गरेको कार्यक्रममा संयोजक वीरेन्द्र यादवले जानकारी दिए ।
एन्जल्स स्कुलका तर्फबाट विद्यार्थीहरू शारिका बिसी, दीपशिखा मल्ल, आनन्दी शाह, क्रिष्टिना थापा, गुन्जन कार्की, सुस्मा गुरुङ, निर्जला चौधरी, सिया जिसी, समृद्ध थापा, क्रिस चन्द, समरि थारू र आदित्य हमाल सहभागी थिए ।
एन्जल्स स्कुलले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन र कला विकासका लागि उनीहरूले आवश्यक पर्ने वातावरण र स्रोत साधनमा कुनै कन्जुस्याई नगर्ने गरेको विद्यालयले जानकारी दिएको छ । त्यसैको परिणमस्वरुप विद्यालयले लोक नृत्य प्रतियोगितामा प्रथम स्थान हासिल गरेको प्रधानाध्यापक बिना मल्लले बताइन् ।
प्रतियोगितामा पशुपति मावि राँझा दोस्रो भएको छ भने न्यु ग्यालेक्सी र नेपालगन्ज मोडेल एकेडेमी समान तेस्रो स्थान प्राप्त गर्न सफल भएका छन् । प्रतियोगितामा अशोक बस्नेत, बिष्णु थापा सरगम र चन्द्र मन्दिर मगर मूल्यांकनकर्ता रहेका थिए । कार्यक्रममा नेपालगन्जका विभिन्न विद्यालयका विद्यार्थीहरूको ठूलो उपस्थितिकाबीच विभिन्न साँस्कृतिक नृत्यहरूको प्रदर्शनी भएको थियो ।









प्रतिक्रिया दिनुहोस्