रवीन्द्र मिश्रको गगन थापालाई शुभकामना– वीपीपथ नसमाते कांग्रेस रास्वपाको पुच्छर हुनेछ



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्ववरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले कांग्रेस सभापति गगन थापालाई शुभकामना दिएका छन्। पार्टीको आधिकारिकता विवादमा थापाकै पक्षमा सर्वोच्च अदालतबाट फैसला आएपछि शुभकामना दिँदै पार्टीलाई वीपीपथमा अगाडि बढाउन सुझाएका छन्।

गगनको नेतृत्वमा कांग्रले वीपीपथ नसमाते रास्वपाको पुच्छर हुने दाबी गरेका छन्। उनले भनेका छन्, ‘वीपीपथबाट जीपीपथ हुँदै प्रचण्डपथको पतन–यात्रामा पट्टी लगाएको खच्चड जसरी अप्राकृतिक भारी बोकेर हिँडिरहेको कांग्रेसले फर्किएर फेरि वीपीपथ नसमाउने हो भने आउँदा धेरै वर्षसम्म ऊ रास्वपाको पुच्छर हुनेछ। लेखेर राखे हुन्छ। गगनजी, के छ विचार? छ आँट?’

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख ५ गते शनिबार