काठमाडौँ ।
सशस्त्र प्रहरी बल नेपालका डीआईजी अञ्जनीकुमार पोखरेल एआईजीमा बढुवा भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो।
बढुवा समितिको बैठकले जेठ ६ गते एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो। उनी अहिले सशस्त्र प्रहरीको बागमती प्रदेश प्रमुख छन्।
प्रकाशित मिति : २०८३ जेठ १९ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्