काठमाडौँ ।
सत्तारुढ रास्वपाकी सांसद आशिका तामाङले विपक्षी दलहरूले उठाएका प्रश्नको सदनमै आएर जवाफ दिन प्रधानमन्त्री वालेन्द्र शाहलाई आग्रह गरेकी छन् । मंगलबार सामाजिक सञ्जालमार्फत तामाङले सदनमा आएर विपक्षी सांसदका प्रश्नहरूमा सवालजवाफ गरिदिन आग्रह गरेकी हुन् ।
उनले मेरो गोरुको बाह्रै टक्का नयाँहरूमा पनि भयो भने ७३ जना जेन–जी शहीदको आत्माले के सोच्लान् भनेर पनि प्रश्न गरेकी छन् । विपक्षीको विरोधले सभामुख डीपी अर्यालको अनुहार दिनप्रतिदिन न्यारो देखिएको पनि उनले उल्लेख गरेकी छन् ।
विपक्ष सधै सहि हुन्छ नै भन्ने पनि हुँदैन र सधै गलत नै हुन्छन् भन्ने पनि हुँदैन तर जब राष्ट्रियता कुरा आउँछ हामीले यो सत्ता पक्ष र विपक्ष भनेर विभेद गर्नु कदापि हुँदैन, हामी एक जुट हुनु पर्दछ ! आज सम्म तीन दिन भो सदन चलेको छैन, संसद्को काम हाजिर गर्नु र भत्ता पचाउनु मात्र पक्कै होइन होला , अब सदन मा सभामुख ज्यु ले कार्यविधिमा बजेट को बारेमा महत्वपूर्ण छलफल गर्नुपर्ने छ भन्दै हुनुहुन्छ तर सभा सञ्चालन गर्न बिरोध को कारण अवरुद्ध भैरहेको छ ,यसको घाटा कसलाई त?? अवश्य पनि देशलाई हो, जब देश विकासको मेरूदण्ड बजेटमा हामी बहस गर्न असमर्थक छौँ भने देशले कसरी पाउछ निकास र बिकाश ??? मेरो गोरुको बाह्रै टक्का हामी नयाँ भन्नेमा पनि भयो भने,73 जना सहिद जेन्जी भाइबहिनी को आत्माले के सोच्लान्?? हरेक दिन सभामुख को मुख सानो सानो न्याउरो देख्दै हुँदै गएको देख्छु यो राम्रो हो त?? मलाई मात्र होइन धेरै लाई लाग्छ उहाँ ले आफुले चाहेर पनि आफ्नो कार्य सभा सञ्चालन गर्न पाउनुभएको छैन, त्यसैले म प्रधानमन्त्री ज्यु सग के अपिल गर्छु भने तपाई हाम्रो अबिभावक हो हामी सबै तपाई को सन्तान हौं , अब तपाई ले नै हामी लाई बास्ता नगर्ने हो भने हामी टुहुरा हुनेछौं , त्यसैले कृपया सदन मा आइदिनु भैइ प्रतिपक्ष दल का सबालजफाब दिनुहोला र हामी सत्तापक्षको मन राखिदिनुहोला धन्यवाद !!









प्रतिक्रिया दिनुहोस्