काठमाडौँ ।
निसान नेपालले नयाँ यात्रा शीर्षकमा विशेष योजना सार्वजनिक गरेको छ । यसअन्तर्गत ग्राहकहरूले यस सिजनमा निसान म्याग्नाइट खरिद गर्दा आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन् । सीमित अवधिका लागि लागू गरिएको यस योजनाअन्तर्गत ग्राहकहरूले अब निसान म्याग्नाइट प्रतिदिन केवल ९ सय ९९ रूपैयाँमा आफ्नो बनाउन सक्नेछन्, जसले यस लोकप्रिय कम्प्याक्ट एसयूभीलाई अझ सहज र पहुँचयोग्य बनाएको छ।
नयाँ वर्ष अफरअन्तर्गत ग्राहकहरूले १ लाख रूपैयाँसम्म नगद छुट, २ लाख रूपैयाँसम्म एक्सचेन्ज बोनस, एक वर्षको व्यापक बीमा तथा चालू आर्थिक वर्षको रोड ट्याक्स प्राप्त गर्नेछन् । निसान म्याग्नाइट नेपालमा सबैभन्दा रुचाइने कम्प्याक्ट एसयूभीमध्ये एक रहँदै आएको छ । यसको आकर्षक डिजाइन, सुविधासम्पन्न इन्टेरियर, दमदार प्रदर्शन र उत्कृष्ट मूल्यका कारण ग्राहकहरूको रोजाइमा परेको हो ।
साथै म्याग्नाइटले ५ स्टार ग्लोबल एनक्याप सुरक्षा रेटिङ प्राप्त गरेको छ, जसले ग्राहक सुरक्षाप्रति निसानको प्रतिबद्धतालाई अझ बलियो बनाएको छ । सुरक्षाको दृष्टिले मात्र नभइ निसान म्याग्नाइटमा उत्कृष्ट श्रेणीको २०५ एमएम ग्राउन्ड क्लियरेन्स, ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल स्टार्ट असिस्ट तथा रियर पार्किङ क्यामेरासहितको टचस्क्रिन जस्ता सुविधाहरू उपलब्ध छन् ।
यो योजना सीमित अवधिका लागि नेपालभर रहेका सबै आधिकारिक निसान शोरुमहरूमा उपलब्ध हुनेछ । ग्राहकहरूलाई आफ्नो नजिकको शोरुममा गइ यस अफरबारे थप जानकारी लिन तथा निसान म्याग्नाइटको अनुभव गर्न आग्रह गरिएको छ । थप जानकारीका लागि ग्राहकहरूले आफ्नो नजिकको आधिकारिक निसान शोरुममा सम्पर्क गर्न भ्रमण गर्न सक्नेछन् ।









प्रतिक्रिया दिनुहोस्