काठमाडौँ ।
के.एल.दुगड ग्रुप अन्तर्गतको ‘ज्ञान मसला’ले नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री स्वस्तिमा खड्कालाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा घोषणा गरेको छ । यस सहकार्यमार्फत कम्पनीले आफ्नो पहिचानलाई थप ऊर्जावान बनाउने र नयाँ पुस्ताका उपभोक्ताहरूसँग बलियो सम्बन्ध स्थापित गर्ने लक्ष्य राखेको छ ।
सन् १९८९ मा स्थापना भई के.एल.दुगड ग्रुपले तीन दशकभन्दा बढी समयदेखि नेपाली बजारमा गुणस्तर र विश्वास कायम राखेको छ । कम्पनीका अनुसार ‘ज्ञान’ ब्रान्डले नेपाली भान्सामा शुद्धता र स्वादको नयाँ मानक स्थापित गरेको छ र वर्षोँदेखि घरघरमा विश्वासिलो नामका रूपमा चिनिन्छ ।
‘स्वस्तिमा खड्कालाई ‘ज्ञान’ परिवारमा स्वागत गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ । उहाँको दर्शकसँगको बलियो सम्बन्धले उहाँलाई हाम्रो ब्राण्डका लागि उत्कृष्ट प्रतिनिधि बनाएको छ । हामी आफ्ना मूल मान्यताहरूमा अडिग रहँदै अगाडि बढिरहँदा उहाँसँगको सहकार्य झन् अर्थपूर्ण हुने विश्वास लिएका छौँ ।’ के.एल.दुगड ग्रुपकी कार्यकारी निर्देशक भाविका दुगडले भनिन् ।
ज्ञान मसलासँग जोडिन पाउँदा नायिका स्वस्तिमा खड्काले खुसी व्यक्त गरेकी छिन् । लामो समयदेखि विभिन्न खाद्यान्नको रूपमा आफ्नो घरमा पनि रहेको यस ब्रान्डको शुद्धता र गुणस्तरलाई अझ धेरै उपभोक्तासँग पु¥याउन आफूले सक्रिय भूमिका खेल्ने उनले बताएकी छिन् ।
कम्पनीले उपभोक्ताको बदलिँदो स्वाद र आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न नयाँ प्रकारका मसला उत्पादनहरू बजारमा सार्वजनिक गरिरहेको छ, जसले बजारको मागअनुसार गुणस्तर र सान्दर्भिकता कायम राख्ने लक्ष्य लिएको छ । हाल ज्ञान मसला विभिन्न १४ प्रकारमा उपलब्ध छ । के.एल.दुगड ग्रुपले आफ्नो वृहत् वितरण सञ्जालमार्फत देशभर गुणस्तरीय उत्पादनहरू पु¥याउँदै आएको छ । यसै अनुरूप हरेक नेपाली भान्सामा ज्ञान मसलाको पनि सहज पहुँच भइरहेको दाबी गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्