काठमाडौँ ।
सामसङ नेपालले आफ्नो नयाँ ए सिरिज—ग्यालेक्सी ए५७ फाइभजी र ग्यालेक्सी ए३७ फाइभजीको पूर्वअर्डर खुला गरेको छ । यी उपकरणहरूमा अझ आकर्षक डिजाइन, स्मार्ट क्याममरा प्रणाली र उन्नत सफ्टवेयर उपकरणहरू समावेश गरिएको छ ।
विद्यार्थी वा दैनिक प्रयोगकर्ताहरूका लागि नयाँ ग्यालेक्सी ए सिरिजलाई दैनिक कामहरू अझ सहज रूपमा गर्न डिजाइन गरिएको कम्पनीको भनाइ छ । ग्यालेक्सी ए५७ फाइभजी र ग्यालेक्सी ए३७ फाइभजी को पूर्वअर्डर नेपालमा अप्रिल ५ देखि अप्रिल १८, २०२६ सम्म (स्टक उपलब्धतासम्म) खुला रहनेछ ।
सामसङ नेपालका वरिष्ठ निर्देशक प्रणयरत्न स्थापित भन्छन्, ‘नयाँ ग्यालेक्सी ए सिरिजले कृत्रिम बुद्धिमत्ता (एआई)लाई सबै प्रयोगकर्तासम्म पु¥याउने हाम्रो प्रतिबद्धता झल्काउँछ । सामसङको मुख्य क्षमतासँग ‘असम इन्टेलिजेन्स’ थपिएपछि ग्यालेक्सी ए५७ फाइभजी र ग्यालेक्सी ए३७ फाइभजीले दैनिक प्रयोगका लागि विश्वसनीय प्रदर्शन दिनेछ । साथै, २४ महिनासम्मको किस्ताबन्दी (ईएमआई) सुविधा ल्याएर कम्पनीले अत्याधुनिक प्रविधिलाई अझ सहज रूपमा पहुँचयोग्य बनाएको जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्