टीसीएलको नगद फिर्तादेखि शून्य प्रतिशत किस्ताबन्दी सुविधा



काठमाडौँ ।

नयाँ वर्ष २०८३ को अवसरमा विश्वप्रसिद्ध इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले नेपाली ग्राहकहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ । ‘नयाँ वर्षको सुरुवात, टीसीएल खुसीको सौगात’ भन्ने नारासहित ल्याइएको यस योजनाले अत्याधुनिक प्रविधियुक्त घरायसी उपकरण तथा टेलिभिजन खरिदमा ग्राहकलाई थप लाभ प्रदान गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।

यस योजनाअन्तर्गत ग्राहकहरूले टीसीएलका विभिन्न उत्पादन खरिद गर्दा २,००,०८३ सम्मको आकर्षक नगद फिर्ता प्राप्त गर्न सक्नेछन् । साथै, प्रत्येक खरिदमा निश्चित उपहार पनि सुनिश्चित गरिएको छ, जसले ग्राहकलाई तत्काल लाभ प्रदान गर्नेछ । यस अफरमा नेपालकै ठूलो क्यूडी–मिनी एलइडी टेलिभिजन, फ्रिज, कपडा धुने मेसिन, वातानुकूलन यन्त्र (स्प्लिट तथा क्यासेट), भिआरएफ प्रणाली, साउन्ड सिस्टमलगायत आधुनिक जीवनशैलीलाई सहज बनाउने विभिन्न उपकरणहरू समावेश गरिएको छ ।

ग्राहकले कपडा धुने मेसिन खरिद गर्दा ६ केजी एरियल डिटर्जेन्ट उपहार, वातानुकूलन यन्त्रमा निःशुल्क जडान सेवालगायत अन्य आकर्षक सुविधा पनि प्राप्त गर्न सक्नेछन् । यसका अतिरिक्त, ग्राहकहरूले सिजी इलेक्ट्रोनिक्समार्फत शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधा पनि उपभोग गर्न सक्नेछन्, जहाँ ‘नागरिकता भए पुग्छ’ भन्ने सरल प्रक्रियाले खरिदलाई अझ सहज बनाएको छ ।

सीजी इलेक्ट्रोनिक्समार्फत नेपालभर उपलब्ध यी सबै अफरहरू सीमित अवधिका लागि मात्र लागु हुने भएकाले ग्राहकहरूलाई छिटोभन्दा छिटो नजिकको आधिकारिक शोरूम वा डिलरमार्फत खरिद गर्न कम्पनीले आग्रह गरेको छ । नयाँ वर्षलाई अझ स्मार्ट, सहज र आधुनिक बनाउन टीसीएलसँग जोडिनुहोस् र घरमै विश्वस्तरको प्रविधिको अनुभव लिनुहोस् ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत २४ गते मंगलबार