गर्मीलाई लक्ष्य गर्दै क्रम्प्टनको नयाँ वर्ष अफर सार्वजनिक



काठमाडौँ ।

सीजी इलेकट्रोनिक्सले क्रम्प्टन ब्रान्डअन्तर्गत ‘गर्मीले होइन, क्रम्प्टनले जित्छ’ नामक अफर सार्वजनिक गरेको छ । नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा घोषित क्याम्पेनले उपभोक्तालाई उत्कृष्ट कुलिङ समाधानसँगै आकर्षक उपहार जित्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको छ ।

अफरअन्तर्गत क्रम्प्टनका विभिन्न उत्पादन खरिद गर्ने ग्राहकले क्यूआर कोड स्क्यान गरी आफ्नो विवरण दर्ता गर्न सक्ने छन् । दर्ता भएका सहभागीलाई कम्प्युटराइज्ड प्रणालीमार्फत लक्की ड्रमा समावेश गरिने छ । योजनामा बम्पर उपहारस्वरूप माइडियाको २३६ लिटर डबल डोर रेफ्रिजेरेटर राखिएको छ भने प्रत्येक १५ दिनमा क्रम्प्टन मिक्सर ग्राइन्डर जित्ने अवसर पनि प्रदान गरिएको छ ।

क्रम्प्टन ८५ वर्षभन्दा बढीको इतिहास बोकेको भारतकै प्रतिष्ठित पंखा ब्रान्ड हो । यसले पंखा, एयर कुलर, वाटर हिटर, मिक्सर ग्राइन्डरलगायतका घरायसी उपकरण उत्पादन गर्दै आएको छ । ऊर्जा दक्षता, टिकाउपन तथा प्रयोगमैत्री डिजाइन क्रम्प्टनका मुख्य विशेषता हुन् ।

सीजी इलेक्ट्रोनिक्स चौधरी समूहअन्तर्गतको अग्रणी उपभोक्ता इलेकट्रोनिक्स कम्पनी हो, जसले नेपालभर आफ्ना शोरुम तथा अधिकृत डिलर नेटवर्कमार्फत क्रम्प्टन लगायतका अन्तर्राष्ट्रिय ब्रान्ड वितरण गर्दै आएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत २३ गते सोमबार