एलजीद्वारा नयाँ वर्ष अफर सार्वजनिक



काठमाडौँ ।

नयाँ वर्ष २०८३ लाई लक्ष्य गर्दै एलजीले सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा ‘दिस न्यू इयर, डिजाइन योर ड्रिम होम’ नामक अभियान घोषणा गरेको छ । अभियानअन्तर्गत नेपालभरका ग्राहकले एलजीका घरेलु उपकरणमा ४१ प्रतिशतसम्म छुट, निश्चित उपहार तथा आकर्षक क्यासब्याक अफर प्राप्त गर्न सक्ने छन् ।

नयाँ वर्षसँगै नयाँ लक्ष्य र आकांक्षा लिएर अघि बढिरहेका ग्राहकलाई स्मार्ट र आरामदायी घर निर्माण गर्न सहयोग पु¥याउने उद्देश्यका साथ यो अभियान ल्याइएको कम्पनीले जनाएको छ । अभियानमार्फत एलजीका आधुनिक प्रविधि, आकर्षक डिजाइन र दैनिक जीवनलाई सहज बनाउने विभिन्न घरेलु उपकरणलाई प्राथमिकतामा राखिएको छ ।

अफरअन्तर्गत टीभी, अडियो सिस्टम, भ्याकुम क्लिनर, ३०८ लिटरसम्मको सिंगल डोर र डबल डोर फ्रिजको खरिदमा ४१ प्रतिशत क्यासब्याक पाउन सकिने छ । फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा ६ केजी एरियल म्याटिक डिटर्जेन्ट, टप लोड वासिङ मेसिनको खरिदमा २ केजी एरियल डिटर्जेन्ट, ट्विन टब वासिङ मेसिनको खरिदमा १ केजी एरियल डिटर्जेन्ट निःशुल्क पाइनेछ ।

यस्तै डिसवासरको खरिदमा २ प्याक वासिङ ट्याब्लेट, ३४० लिटर वा सोभन्दा माथिको साइड–बाइ–साइड र डबल डोर फ्रिजको खरिदमा मिक्सर, माइक्रोवेभ ओभनको खरिदमा कुकिङ किट र एयर कन्डिसनरको खरिदमा इन्स्टलेसन सेवा निःशुल्क उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यो अफर सीमित समयका लागि नेपालभर रहेका एलजीका आधिकारिक शोरुम तथा खुद्रा पसलमा उपलब्ध हुनेछ । ग्राहकले नजिकको सोरुममा गइ नयाँ वर्ष अफरको लाभ लिन सक्नेछन् । ‘डिजाइन योर ड्रिम होम’ अभियानमा शून्य प्रतिशत ईएमआई सुविधा पनि छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत २१ गते शनिबार