हुन्डाईको नयाँ वर्षलक्षित अफर



काठमाडौँ ।

नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ वर्षको पूर्वसन्ध्यामा ‘हुन्डाईसँग शुभयात्रा २०८३’ अफर घोषणा गरेको छ । आगामी नयाँ वर्ष हुन्डाईसँग सुरु गर्न चाहने ग्राहकका लागि यस अफरमा आकर्षक सुविधा छन् ।

अफरअन्तर्गत ग्राहकले छनोट गरिएका हुन्डाई मोडेलमा १ लाख ७५ हजार रूपैयाँसम्म नगद छुट र ९६ हजार रूपैयाँसम्म नयाँ वर्ष बोनस पाउन सक्ने छन् । साथै एक वर्षसम्मको निःशुल्क बीमा र सवारी कर तथा मूल्यांकन एक्सचेन्ज सुविधा पनि उपलब्ध हुनेछ ।

अफरलाई अझ आकर्षक बनाउँदै हुन्डाईले आफ्ना भरपर्दा बिक्रीपछिका सेवा पनि निरन्तर दिँदै आएको छ । यसअन्तर्गत ६ वर्षसम्मको निःशुल्क सर्भिस र ३ वर्षको वारेन्टी समावेश छ । हुन्डाई नेपालले पछिल्लो दुई वर्षदेखि क्रेटा र भेन्यु जस्ता लोकप्रिय मोडेल नेपालमै एसेम्बल गर्दै आएको छ, जहाँ पूर्ण रूपमा नेपाली इन्जिनियर र दक्ष जनशक्तिको प्रयोग गरिएको छ ।

५ अर्ब रूपैयाँभन्दा बढी लगानी गरिएको यस पहलले देशभित्रै क्षमता विकास, स्थानीय सीप प्रवद्र्धन र औद्योगिक विकासमा योगदान पु¥याइरहेको छ । लोकप्रिय मोडेलहरू र ग्राहकमैत्री सुविधासहित यो अभियानले नयाँ वर्ष २०८३ को सुरुवातलाई ग्राहकका लागि अझ फाइदाजनक र विशेष बनाउने लक्ष्य राखेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत २० गते शुक्रबार