सीजीको नयाँ वर्षलक्षित योजना सार्वजनिक



काठमाडौं ।

नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले नयाँ वर्ष २०८३ को अवसरमा ‘एक्स्पिरियन्स लाइफ विथ सीजी’ नामक अभियान सार्वजनिक गरेको छ । आधुनिक प्रविधि र जीवनशैलीलाई केन्द्रमा राख्दै ल्याइएको यस योजनाले उपभोक्तालाई स्मार्ट, सहज र उन्नत जीवनको अनुभव प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

योजनाअन्तर्गत ग्राहकहरूले सीजी ब्रान्डका टेलिभिजन, रेफ्रिजरेटर, वासिङ मेसिन, माइक्रोवेभ ओभन तथा एयर कन्डिसनर जस्ता घरायसी उपकरणको खरिदमा आकर्षक लाभ प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार यस योजनामा ग्राहकलाई अधिकतम ५६ हजार रूपैयाँसम्मको क्यासब्याक सुविधा उपलब्ध छ ।

साथै वासिङ मेसिनको खरिदमा मोडलअनुसार एरियल डिटर्जेन्ट, माइक्रोवेभ ओभनको खरिदमा कुकिङ किट र एयर कन्डिसनरको खरिदमा निःशुल्क जडानको आकर्षक सुविधा समेत प्रदान गरिएको छ । ग्राहकलाई थप सहज खरिद अनुभव प्रदान गर्ने उद्देश्यले योजनामा ‘सीजी इलेक्स ईएमआई’ सुविधा पनि समावेश गरिएको छ । यसअन्तर्गत ग्राहकले आफ्नो नागरिकता मात्र पेस गरेर सजिलै किस्ताबन्दीमा सामान खरिद गर्न सक्नेछन् ।

यो योजना चैत १९ गतेदेखि सीमित अवधिका लागि नेपालभरका प्रमुख आउटलेटमा लागू भइसकेको छ । योजना र उत्पादनबारे थप जानकारीका लागि सीजी केयरका टोल फ्री नम्बर १६६–००–१०२–२११ वा १६६–००–१००–२११ मा सम्पर्क गर्न सकिनेछ ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत २० गते शुक्रबार