व्यवसायी दीपक भट्ट पक्राउ



काठमाडौँ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले व्यवसायी दीपक भट्टलाई पक्राउ गरेको छ।  भट्ट काठमाडौंको गैह्रीधाराबाट पक्राउ परेको सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिएका हुन्।

उनीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको थियो। सम्पत्ति शुद्धीकरण विभागले उनलाई कालोसूचीमा राख्न अध्यागमन विभागलाई पत्राचार गरेपछि विभागले भट्टको राहदानी रोक्का गरिसकेको छ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १९ गते बिहीबार