जातीय विभेद हुनु दुःखदः मेयर आचार्य



कोहलपुर ।

अहिलेको वर्तमान अवस्थामा पनि जातीय विभेद हुनु दुःखद पक्ष रहेको कोहलपुर नगरपालिका नगरप्रमुख पूर्णप्रसाद आचार्यले बताएका छन् । मंगलबार अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा दलित अधिकारसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

नेपालको संविधान २०७२ ले जातीय विभेद मात्र नभई कुनै पनि खालको विभेद गर्न नपाइने स्पष्ट उल्लेख गरिएको बताए । शिक्षित, चेतनशील र विवेकशील समाजमा अहिले पनि जातीय विभेद हुन दुःखको कुरा रहेको उनको भनाइ छ ।

उनले अन्तक्र्रिया कार्यक्रमले मात्र जातीय विभेद अन्त्य नहुने बताउँदै सबैले आआफ्नो ठाउँबाट जातीय विभेद अन्त्य गर्न लागिपर्न आग्रह गरे । नगरपालिकाले जातीय विभेद मात्र नभई सबै खालका विभेद अन्त्य गर्न लागिपरेको बताए ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १८ गते बुधबार