पुष्पमणि प्रधान
साझ झमक्क परिसकेको थियो।म आफनो साथीहरू सँग विदा लिएर लुरुलुरु घर फर्कदै थिए। अचानक सडकमा भाइ अनुपमसग भेट भैहाल्यो।म आफूलाई सज्जन सोझो देखाउन सक्दो प्रयासमा थिए। पेन्टको गोजीमा दुवै हात हालेर मुस्कुराउँदै सोधे …भाइ तिमी काठमाडौँ बाट कहिले आयौं? अनि तिम्रो हाल खवर कस्तो छ? उसले मलाई राम्ररी नियाल्दै मिठो मुस्कान सहित उतर दियो –दाजु दुईतीन दिन भयो घरमा आएको।घरमा पनि कति बस्नु? पल्लो गाउँमा साथीहरू लाइ भेटघाट गर्न हिडेको दाजु तर म मौन थिए,ऊ बोल्दै थियो।म एकोहोरो सुनिरहेको थिएँ।ऊ मैले रक्सी पिएको चाल पाएर पनि नपाए झै गरीरहेको थियो।म भने आफूलाई समालदा समाल्दै ब्रेक फेल भएको गाडी जस्तो हवात अघि पुगे। उसको अनुहार क्षणभरमै कालो धमिलो भयोे। म तिर हेर्दै उसले प्याच्च भनिहालयो –दाजु किन यसरी दिउँसै रक्सी पिउनु भएको? मैले जिब्रो लरबराउदै छोटो उत्तर दिए – तेसै पिउन मन लागेर।मैलै के के भने भनेर साध्य छैन –––!भाइ तिमी अहिले केही बुझ्दैनौ पछि बुझ्ने छौ पछि ––। शायद तिम्रो पनि हृदय भरी सपना र आकांक्षाहरू होला।
लगभग पाँच÷छ बर्ष पछि मैले रक्सी पिउन छोडी सकेको थिए। मेरो बिवाह भैसकेको थियो। हाम्रो दाम्पत्य जीवन सुखशान्ति पूर्वक बितिरहेको थियो। हाम्रो प्रेमको निशानी उपहार स्वरूप छोरी स्मृति टुकु टुकु हिडने भैसकेकी थिइन्। अचानक एक दिन अनुपम मिठो मुस्कान छर्दै मेरो घरमा आयो हातमा केही लिएर।ऊ असाध्यै खुसी देखिन्थे उसले हतार हतार स्नातक तह परिक्षाको नतिजा देखायो,यसो राम्ररी नियाल्दै हेरे दोश्रो श्रेणीमा उतिर्ण गरेका रहेछ। ऊ यति धेरै खुसी देखिन्थे कि मानौँ उसले आज दुःखको विशाल समुद्र पौडेर पार गरेको छ।अब उसको जीवनमा सुखै सुख आनन्दै आनन्द छ। मैले यस शुभ मुहूर्तमा केही दिन नसकेता पनि हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे ।ऊ यति मै खुशी हुँदै आफ्नो घरतिर लाग्यो। समय आफ्नै गतिमा बढ्दै गयो।ऊ आफनो नोकरीको निम्ति भौतारी रह्यो।ऊ नोकरीको निम्ति कति कति अन्तरवार्ता र लिखित परीक्षा थियो तर –––असफलता!!
म कहिले कहिले बेलुकीपख घुम्न निस्कने गर्छु।आज पल्लो गाउँतिर घुम्न जाने निधो गरेर तलतिर पैदलयात्रामा निस्किए। उकालो उराली यात्रा गर्दै गोरेटो बाटो भएर पल्लो गाउँतिर लागे। कच्ची बाटोमा स साना नानीहरुको भीड भाड र होहल्ला थियो, मैले भीड भाड र होहल्ला पन्साउँदै जाऊँ कि नजाऊ गर्दै अघि बढे। म तीन छक्क परे उही चिरपरिचित अनुहार अनुपम पो रैछ।उसका राता राता आँखा जिगरिग परेका कालो लामो घुघूरिलो मैलो कपाल।उसका चाउरिएको अनुहारमा बिशादका अमिल्दा दुख पिडाका रेखाहरू प्रष्ट देखिनथे।उसको मैलो फाटेको जिन्स पाइन्ट लगाएका सेतो मैलो फाटेको टि सर्ट लगाएर सिसमको रुखको फेदमा झोक्रिएर बसेको थियो।मैलै उसलाई अनुपम, यो के भयोे तिमीलाई? उठ आऊ घर जाऊँ किन यसरी रक्सी पिएको? उठ घर जाऊँ मैले उसलाई उठाएर घरतिर लाने कोशिस गरे तर सकिन।रात झमक्क परिसकेको थियो कालो अन्धकार।म आफ्नै आँखाबाट आशू झार्दै आफ्नो घरतिर लागे।









प्रतिक्रिया दिनुहोस्