सालमनीदेवी हाईड्रोपावरको आईपीओ आउँदै



काठमाडौँ ।

सालमनीदेवी हाईड्रोपावर लिमिटेडले चौथो वार्षिक साधारणसभा शुक्रबार होटल बद्रीनाथ गौशालामा सम्पन्न गरेको छ । सभाबाट कम्पनीले जारी पूँजीको २० प्रतिशत बराबरको १० लाख कित्ता आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।

डोटीस्थित कापडीगाड जलविद्युत् आयोजनामार्फत ३.३ मेगावाट विद्युत् २०७६ सालदेखि व्यवसायिक उत्पादन गर्दै आएको छ । साथै साधारणसभाबाट नयाँ सञ्चालक समिति पनि निर्वाचित भएको छ । अध्यक्षमा उमा दाहाल चयन भएकी छन् भने सदस्यहरूमा पेरश दाहाल, सुभाषचन्द्र भण्डारी र डा. भिमनाथ खरेल रहेका छन् ।

स्वतन्त्र सञ्चालकका रूपमा ग्रेस रौनियार नियुक्त भएका छन् । कम्पनीले आईपीओमार्फत पूँजी संकलन गर्दै ऊर्जा क्षेत्रका थप परियोजना समेत विस्तार गर्ने लक्ष्य लिएको छ ।

कार्यक्रमको समापन गर्दै अध्यक्ष उमा दाहालले कम्पनीको प्रगतिमा सेयरधनी, कर्मचारी, स्थानीय समुदाय तथा सम्पूर्ण सरोकारवाला निकायहरूको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै हार्दिक धन्यवाद ज्ञापन गरिन् र आगामी दिनमा अझ ठूला परियोजनाका साथ अघि बढ्दै कम्पनीलाई ऊर्जा क्षेत्रको विश्वासनीय र अग्रहणी कम्पनीका रूपमा स्थापित गर्न प्रतिबद्ध भएको जानकारी गराइन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत ७ गते शनिबार