बाँके ।
बाँकेबाट लुम्बिनी प्रदेशसभामा निर्वाचित सांसद कृष्णा केसी (नमुना) लुम्बिनी प्रदेश सरकारको बिना विभागीयमन्त्रीमा नियुक्ति भएकी छिन् । बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले उनलाई मन्त्रीको पद तथा गोपनीयताको शपथ दिलाएका छन् ।
सम्पन्न प्रदेशसभा निर्वाचनमा नमुना बाँके निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित भएकी थिइन् । यसभन्दा अघि पनि उनी यही निर्वाचनबाट सांसद जितेकी थिइन् । केही दिनपछि उनको मन्त्रालय टुंगो लाग्ने छ ।
मन्त्रीमा नियुक्त भएपछि उनले जनताको माग र आवश्यकताअनुसार काम गर्ने बताएकी छिन् । ‘जनताबाट निर्वाचित भएर म मन्त्री बनेँ,’ उनले भनिन्, ‘जनताकै घरदैलोमा पुग्छु । उहाँहरुको माग र आवश्यकतालाई संकलन गर्छु र सोहीअनुसार काम गर्छुँ ।’
प्रकाशित मिति : २०७९ पुस २९ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्