काठमाडौँ ।
नेपाली इलेक्ट्रोनिक्स ब्रान्ड सीजी इलेक्ट्रोनिक्सले नेपालीमा भान्सामा खाना पकाउने एलपी ग्यास बचत गर्ने विकल्पका रूपमा माइक्रोवेभ ओभन प्रभावकारी साबित भइरहेको दाबी गरेको छ । पछिल्लो समय पश्चिम एसियामा उत्पन्न भूराजनीतिक तनावका कारण ऊर्जा क्षेत्रमा देखा परेको संकटमा यसको उपयोगिता झन् बढेको कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार माइक्रोवेभ प्रविधिबाट खाना छिटो पकाउन सकिने भएकाले नास्ता, स्न्याक्स, बेकिङ तथा विभिन्न परिकार तयार गर्न ग्यासको प्रयोग घटाउन सहयोग पुग्छ । ललितपुरमा बस्ने र एक निजी बैंकमा कार्यरत स्मिता अधिकारीका लागि माइक्रोवेभ ओभन अहिले दैनिक भान्साको महत्वपूर्ण हिस्सा बनेको छ । व्यस्त कामकाजी जीवनशैलीका कारण बिहान–बेलुका धेरै समय भान्सामा खर्च गर्न गाह्रो हुने उनी बताउँछिन् ।
‘अफिस जानुअघि छिटो नास्ता बनाउनुपर्छ । बेलुका घर फर्किएपछि पनि धेरै समय हुँदैन,’ उनी भन्छिन्, ‘माइक्रोवेभ ओभन भएपछि खाना, बेक्ड डिश, स्न्याक्स वा अन्य परिकार छिटो पकाउन सकिन्छ। यसले समय बचत गर्नुका साथै ग्यासको प्रयोग पनि धेरै घटाएको छ ।’ उनका अनुसार अहिले घरमा दैनिक पकाइने धेरै परिकार माइक्रोवेभमै तयार हुने भएकाले ग्यासको प्रयोग पहिलेको तुलनामा निकै कम भएको छ ।
माइक्रोवेभ ओभनमा दाल, भात जस्ता दैनिक नेपाली परिकार पकाउनदेखि लिएर तरकारी, स्न्याक्स, बेकिङ तथा विभिन्न नयाँ परिकारसमेत सजिलै तयार गर्न सकिन्छ । नेपालमा गोड्रेज माइक्रोवेभ ओभन विभिन्न मोडेल र क्षमतामा उपलब्ध छन् । सोलो, ग्रिल र कन्भेक्सन जस्ता विकल्पमा उपलब्ध यी माइक्रोवेभहरू २० लिटर, २३ लिटर र २८ लिटर क्षमतामा पाइन्छन् ।
इन्स्टाकुक रेसिपी मेनु, मल्टी–डिस्ट्रिब्युसन हिटिङ सिस्टम, अटो कुकिङ मेनु, डुअल ग्रिल टेक्नोलोजी तथा डिफ्रस्ट फंक्सन जस्ता सुविधाले प्रयोगकर्तालाई विभिन्न परिकार सजिलै पकाउन सहयोग गर्छ । केही मोडेलहरूमा हेल्दी एयर फ्राई प्रविधिसमेत उपलब्ध छ, जसले कम तेल प्रयोग गरेर स्वस्थकर खाना तयार गर्न मद्दत गर्दछ ।









प्रतिक्रिया दिनुहोस्