काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले समानुपातिकतर्फ १६ जना सांसद चयन गरेको छ । शनिबार भएको एमालेको केन्द्रीय सचिवालय बैठकले आदिवासी जनजातिबाट भूमिका सुब्बा, गङ्गादेवी श्रेष्ठ, रामबहादुर थापामगर र कुलभक्त शाक्यलाई चयन गरेको छ ।
उपमहासचिव लेखराज भट्टका अनुसार खसआर्यतर्फ पद््मा अर्याल, टुकाभद्र हमाल, यशुदाकुमारी बराल, गुरुप्रसाद बराल र पुष्पराज कँडेललाई चयन गरिएको छ ।
यसैगरी, थारु समुदायबाट कृपाराम राना, दलित समुदायबाट विष्णुमाया विक र नीता घतानी तथा मधेसी समुदायबाट रिङ्ला यादव, यशोधाकुमारी यादव र चन्द्रेश्वर मण्डल छनोट भएका छन् । मुस्लिम समुदायबाट साजिदा सिद्दीकीलाई चयन गरिएको छ । बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति दुःख व्यक्त शोक सन्तप्त परिवारजनमा समावेदना प्रकट गरेको छ ।
प्रकाशित मिति : २०८२ चैत १ गते आइतबार









प्रतिक्रिया दिनुहोस्