भुटानी प्रधानमन्त्रीले दिए रवि र बालेनलाई बधाई



काठमाडौं । 

भुटानी प्रधानमन्त्री छिरिङ्ग तोब्गेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहलाई बधाई दिएका छन्। २१ फागुनको निर्वाचनबाट भारी जनमत प्राप्त गरेकोमा सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले लामिछाने र शाहलाई बधाई दिएका हुन्।

‘नेपालको आम चुनावमा भारी विजय हासिल गर्नुभएकोमा श्री बालेन शाह र श्री रवि लामिछानेलाई बधाई छ,’ भुटानी प्रधानमन्त्रीले लेखेका छन्, ‘म सफल चुनावको लागि नेपाली जनतालाई पनि बधाई दिन्छु।’

त्यसैगरी उनले आगामी सरकारसँग दुई देशबीचको न्यानो मित्रतालाई अझ गहिरो बनाउन तत्पर रहेको उल्लेख गर्दै भनेका छन्,  ‘हामी दुई देशहरू बीचको न्यानो मित्रतालाई अझ गहिरो बनाउन तत्पर छु।’

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन २६ गते मंगलबार