सुर्खेत–२ मा रास्वपा उम्मेदवार सापकोटाको जित सुनिश्चित



सुर्खेत – सुर्खेत क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार रमेश कुमार सापकोटाको जित सुनिश्चित देखिएको छ । लगातार उनले आफ्नो अग्रता कायम राखेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार सापकोटाले १२ हजार ६४३ मत प्रापत गरेका छन् । नेपाली कांग्रेसका नारायण कोइरालाले ८ हजार ५७८ मत ल्याएर पछ्याइरहेका छन् ।

यस्तै ६ हजार ८३९ मत ल्याएर नेकपा एमालेका कुलमणि देवकोटा तेस्रो स्थानमा छन् । यता नेकपाका झकबहादुर मल्लले ३ हजार २५९ मत प्राप्त गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन २३ गते शनिबार