सुनको मूल्य एकैदिन ५ हजार ६०० रूपैयाँले बढ्यो



काठमाडौँ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एकैदिन तोलामा ५ हजार ६०० रूपैयाँले बढ्दै ३ लाख २० हजार ५०० रूपैयाँ पुगेको हो । अघिल्लो शुक्रबार सुन प्रतितोला ३ लाख १४ हजार ९०० रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि तोलामा २४५ रूपैयाँले बढ्दै ५ हजार ९८५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो शुक्रबार चाँदी प्रतितोला ५ हजार ७४० रूपैयाँमा कारोबार भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन १७ गते आइतबार