कोहलपुर, माघ ६
सर्वाधिक राशीको क्रिकेट प्रतियोगिता बाँकेको कोहलपुरमा हुने भएको छ । माघ ८ गतेदेखि १७ गते सम्म सगरमाथा सिमेन्ट कोहलपुर सिटी कप टि–२० क्रिकेट प्रतियोगिता हुने भएको हो । कोहलपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ ।
लायन्स क्लब अफ कोहलपुर, लायन्स क्लब अफ कोहलपुर सिटी, लायन्स क्लब अफ कोहलपुर ढकेरी उद्यान, यिो क्लब अफ कोहलपुर र लियो क्लब अफ कोहलपुर सिटीको संयुक्त आयोजनामा प्रतियोगिता हुने भएको हो ।
बुधबार पत्रकार सम्मेलन गर्दै क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको जनाइएको छ । सम्मेलनमा प्रतियोगिता सञ्चालनका लागि ८ लाख बराबरको अनुमानीत आयव्यव विवरण प्रस्तुत गरिएको थियो । मैदानलाई सम्वद्र्धन, संरक्षण र प्रचारप्रसार गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता बिजेता टिमले रु. एकलाख नगद राशी पुरस्कार पाउनेछ भने उपबिजेताले रु. ५० हजार नगद पुरस्कार पाउनेछ ।
प्रकाशित मिति : २०७२ माघ ६ गते बुधबार
प्रतिक्रिया दिनुहोस्