लेकप्रसाद प्याकुरेल
नारीवाद शब्दले नारीहरूको उत्थान, अस्मिता र स्वतन्त्रता सम्बन्धी मान्यता वा सिद्धान्तलाई सङ्केत गर्छ। यही मान्यतालाई आधार बनाएर लेखिएका साहित्य विशेष नै नारीवादी साहित्य हुन्। यसर्थ नारीवादी लेखन भनेको महिलाका अधिकार, स्वतन्त्रता, समानता र लैङ्गिक न्यायका पक्षमा लेखिएको साहित्य हो। नारीवादी साहित्यले महिला अनुभव, समानता र सामाजिक न्यायलाई केन्द्रमा राख्छ।महिला र पुरुषबिच कुनै पनि प्रकारको सामाजिक, आर्थिक र राजनीतिक असमानता हुनु हुँदैन भन्ने मान्यता धारण गर्ने नारीवादले समाजमा विद्यमान पुरुषप्रधान संरचना, मूल्य र परम्पराले महिलालाई दमन गरेको ठानी त्यसको आलोचना र विघटन आवश्यक मान्दछ। त्यसैगरी नारीवादी साहित्यले महिलाको आफ्नै जीवनानुभव, पीडा, सङ्घर्ष र भावनाहरु हुन्छन् जसलाई साहित्यको केन्द्रमा राख्न सुझाउँछ। महिलालाई आफ्नो जीवन, शरीर, शिक्षा, पेशा र सम्बन्धबारे निर्णय गर्ने स्वतन्त्र अधिकार हुनुपर्छ भन्ने विश्वास राख्दछ। पछिल्लो समयमा नारीवादले पुरुषद्वारा स्थापित नारी सम्बन्धी समस्त धारणा, दृष्टिकोण, पूर्वाग्रह, मान्यता, कल्पना र साहित्यमा नारीको स्थिर चरित्र चित्रण आदिलाई नकार्दै नारीको वास्तविक अस्तित्व तथा पहिचान कायम गर्न महिलाको स्वपहिचान छ र उनीहरू स्वयम् स्व निर्णय गर्न सक्छन् भन्ने विचार सम्प्रेषण गरेको पाइन्छ।त्यसैगरी नारीवादले सबै महिलाको अनुभव समान हुँदैन । जाति, वर्ग, क्षेत्र, संस्कृति आदिका आधारमा महिला महिलाका बिचमा वा महिला पुरुषका बिचमा समेत फरक अवस्था हुन्छ। यसर्थ सबै क्षेत्रमा समावेशी दृष्टिकोण आवश्यक मानिन्छ भन्दै समानताको पक्षपोषण गर्ने गर्दछ। । नारीहरु जैविक रुपमा भिन्न छन् र प्राचीन कालदेखि नै पुरुष प्रधान समाजले उनीहरूको मानसिकतालाई कमजोर बनाएको छ। भाषिक र सांस्कृतिक पुनव्र्याख्या गर्न सुझाउने नारीवादले भाषा, मिथक, इतिहास र सांस्कृतिक कथनहरू पुरुषकेन्द्रित भएकाले तिनको पुनव्र्याख्या गर्नुपर्छ। पुरुष लेखकहरूद्वारा बनाइएका सारा नारी पात्रहरू केवल खेलौनाका रूपमा मात्र देखिने हुनाले तिनलाई भत्काई सिङ्गो र वास्तविक रुपलाई उजागर पार्नुपर्छ भन्ने धारणा राख्दछ। कुनै पनि कृतिभित्र पर्ने सम्भावना बोकेका नारी पात्रहरूलाई मात्रै नारी लेखकहरूले न्याय गर्न सक्छन्। नारीहरूका पीडा, वेदना, अन्तरमनका छटपटी उनीहरूले अनुभूत गर्ने विषयहरू, प्रेम, वात्सल्य जस्ता विविध पक्षको जानकार नारी वर्गलाई नै हुन्छ त्यसैले यस मान्यताले नारीद्वारा नारीका लागि लेखिनुपर्छ र यसरी लेखिएको साहित्य नै वास्तविकताको नजिक हुन्छ भन्ने मान्यता स्वीकारेको छ। नारीहरूको आफ्नै शब्द चयन, वाक्य गठन र अभिव्यक्ति प्रकार हुन्छ भन्दै छुट्टै नारी भाषाको सम्भाव्यतातर्फ सङ्केत गर्ने नारीवादीहरू साहित्यले केवल समस्या उजागर गर्ने होइन, बरु यसले आफूलाई सामाजिक रूपान्तरण र चेतनाको विकास गर्ने साधनका रूपमा उभ्याउन सक्नुपर्छ भन्ने मान्यता राख्दछन् ।
विश्व परिवेशमा नारीवादी साहित्यको चेतना प्रारम्भ गर्नका लागि विभिन्न समय र सन्दर्भमा उठाइएका नारी केन्द्रित आवाजहरू महत्वपूर्ण मानिन्छन्। ःबचथ ध्यििकतयलभअचबात ले सन् १७९२ मा ब् ख्ष्लमष्अबतष्यल या तजभ च्ष्नजतक या ध्यmबल लेखेर महिला शिक्षाको अधिकारको पक्षमा उठाएको आवाज तथा व्यजल क्तगबचत ःष्िि ले त्जभ क्गदवभअतष्यल या ध्यmभल (१८६९) मार्फत महिला समानताको वकालत गरे सँगै विजारोपण भएको देखिन्छ। नारीवादी चिन्तन अन्तर्गत ख्ष्चनष्लष्ब ध्ययाि को महिलालाई सृजनाका लागि स्वतन्त्र स्थान र आर्थिक स्वतन्त्रता आवश्यक छ भन्ने विचार केन्द्रित ब् च्ययm या इलभ’क इधल (१९२९) ले पु¥याएको महत्तालाई नजरअन्दाज गर्न सकिँदैन। यसै सन्दर्भमा साइमन द बुभाको त्जभ क्भअयलम क्भह (१९४९) नारीवादी चिन्तनको महत्वपूर्ण कृति हो भने दभिि जययपक ले नारीवादलाई जातीय र वर्गीय सन्दर्भबाट गरेको विश्लेषणलाई पनि महत्वका साथ हेर्न सकिन्छ। यसबाहेक म्यारी एल्मन, केट मिलेट, मिसेल बारेट, सान्ड्रा गिल्बट, सुसान गुबार, प्याट्रेसिया मेयर, जुलिया क्रिस्टिभा हेलेन सिकस लगायतले नारीवादी लेखनमा महत्वपूर्ण योगदान पु¥याएका छन्। नारीवादी चिन्तनलाई प्रभावकारी बनाउन विभिन्न संघसंस्थाहरुले पु¥याएको योगदान समेत महत्वपूर्ण देखिन्छ। बेलायतमा सन् १९७७ मा खष्चबनय नामक प्रकाशनले पहिलोपल्ट नारीहरूको स्वतन्त्र पुस्तक प्रकाशन गरेको छ भने सन् १९७८ मा त्जभ धयmभल’क उचभकक को स्थापना भएको छ। यस प्रयास बाहेक पनि बहुसांस्कृतिक नारीवाद र उत्तर आधुनिक नारीवाद जस्ता मान्यताहरू विकसित हुँदै गएको वर्तमान विश्व परिदृश्यमा ःभ त्यय जस्ता लैङ्गिक हिंसाका विरुद्ध उठाइएका आवाजहरूले नारी साहित्य लेखनमा थप ऊर्जा प्रदान गर्दै आएको देखिन्छ।
नेपालमा नारीवादी लेखनको इतिहास महिला अधिकारको संघर्षसँगै अघि बढेको देखिन्छ। यस सन्दर्भमा नारीवादी चेतको सुरुआत गर्ने श्रेय योगमाया न्यौपानेलाई जाने गर्छ। देशमा राणाकालीन परिवेश रहेकै समयमा योगमाया न्यौपानेले सामाजिक रूपान्तरण, महिला शिक्षा विस्तार र राजनीतिक परिवर्तनका विषय उठाएकी थिइन्। बालविवाहको अन्त्य र विधवा विवाहको समर्थनमा उभिएकी योगमायाले आफ्ना विभिन्न प्रवचनहरूमा नारीहरू पनि समाज परिवर्तनको क्षमता राख्छन् यसर्थ समाजले नारीलाई कमजोर आँकलन गर्नु हुँदैन भन्ने मान्यता अघि सारेको पाइन्छ। साहित्यमा देखिने गरी नारीवादी विचारको प्रयोग गर्ने नारी साहित्यकार पारिजात हुन्। उनका कृतिहरूमा महिला अस्तित्व, विद्रोह र आत्मसङ्घर्ष प्रखर रूपमा देखिन्छ। उनको पुरुषकेन्द्रित दृष्टिकोणको आलोचना, स्त्रीअस्तित्व र आत्मसम्मानको प्रश्न,परम्परागत प्रेम र विवाह संस्थामाथि प्रश्न उठाइएको सिरिसको फूलदेखि नै कतै आंशिक रुपमा र कतै सघन रुपमा नारीवादी चेत उद्घाटन भएको पाइन्छ। त्यसैगरी स्त्री यौनिकताको स्वतन्त्र अभिव्यक्ति,सामाजिक रूढिवादप्रति विद्रोह,महिलाको मानसिक र भावनात्मक द्वन्द्वको प्रस्तुति लगायतका नारी केन्द्रित विशेषताहरू बोकेको बानिरा गिरीको ’करोडौं कस्तुरी’ तथा पितृसत्तात्मक संरचनामा महिलाको सङ्घर्ष, विवाह र सम्बन्धमा असमानता, आत्मनिर्णयको अधिकारको वकालत जस्ता विशेषताहरू बोकेको इन्दिरा पर्साईको ’अन्तराल’ लगायतका कृतिहरू नारीवादी लेखनका उदाहरण बनेका छन्। समानान्तर आकाशमा पोखिएकी पद्मावती सिंह, राधा कृतिमा देखिएकी सुष्मा जोशी, पहेँलो गुलाफकी प्रेमा शाह र सुधा त्रिपाठी लगायतका नारी स्रष्टाहरूका साहित्यिक एवं समालोचनात्मक कृतिहरूमा नारीवादी चेत अब्बल भएर आएको छ। नेपालका सन्दर्भमा नारीहरूका सिर्जनामा मात्र नभई स्वयं पुरुषहरूका सिर्जनामा पनि नारीवादी चेतले प्रवेश पाएको छ। इन्द्रमाया जस्तो अस्तित्ववादी उपन्यास लेख्ने विश्वेश्वर प्रसाद कोइरालाका उपन्यास र कथाहरू, गोपालप्रसाद रिमालका कविता र नाटकहरू, विजय मल्लका कृतिहरू, सरु भक्त, कृष्ण धरावासी लगायतका साहित्यकारहरूका रचनाहरूमा समेत नारीवादको प्रभाव परेको देखिन्छ।
विक्रम संवत १९६३ मा कीर्तिबहादुर सिंहको कविता प्रकाशन भएसँगै लिखित साहित्य परम्पराको प्रारम्भ भएको बाँकेको साहित्यमा २०२० को दशकपछि मात्रै महिला श्रष्टाहरू लेखन कर्ममा उदाएका हुन्। २०२३ सालमा श्यामन्तक मणि राणाको ’भावसुमन’ कवितासङ्ग्रह प्रकाशन भएपछि औपचारिक रुपबाटै अगाडि बढेको बाँकेको नारी लेखन परम्परा हालसम्म आइपुग्दा निकै विकसित भएको देखिन्छ। छ दशकको लामो परम्परामा कथा, उपन्यास, मुक्तक, गीत, गजल,कविता, खण्डकाव्य, निबन्ध, पत्रसाहित्य र समालोचनाका क्षेत्रमा बाँकेका नारी स्रष्टाहरूले फुटकर र पुस्तकाकार कृतिहरू प्रकाशनमा ल्याइसकेका छन् यद्यपि महाकाव्य र नाटक विधामा भने कुनै कृति प्राप्त हुन सकेका छैनन्। उल्लिखित कृतिहरूमा यथार्थवादी, आलोचनात्मक यथार्थवादी, विसंगतिवादी, स्वच्छन्दतावादी चिन्तनहरूको घनिभूत प्रयोग भएको छ भने आंशिक रुपमा प्रकृतिवाद, अस्तित्ववाद र नारीवादी दर्शनको प्रयोग गरिएको छ। बाँकेमा ३०० बढी साहित्यिक कृतिहरू प्राप्त हुँदा यहाँका नारी श्रष्टाहरूले पाँच दर्जन बढी कृतिहरूको योगदान दिएका छन्। पाँच दर्जन कृतिहरूमध्ये नारी स्वरलाई कतै प्रधान स्वरूपमा र कतै सामान्य स्वरूपमा प्रस्तुत गरिएको छ । श्यामन्तकमणि राणाको ’भावसुमन’ कविताबाटै आंशिक रूपमा नारीवादी चिन्तनलाई प्रयोग गरिए तापनि कृतिको मूल स्वर बनाएर नारीवादी विचारलाई प्राथमिकतामा राखिएको कृति किरण आचार्यको जरत्कारु उपन्यास हो। यस उपन्यासमा पुरुष जरत्कारुले महिला जरत्कारुमाथि गरेको अत्याचारको विरोध गर्दै उठाएको विद्रोही आवाज; कथित श्रीमान् नामको जरत्कारुलाई त्याग गरी एक्लो जीवन बाँचेर आफ्नै तवरले नयाँ संसार निर्माण गर्न देखाएको तत्परता र अनेकौँ दुःखी पीडित नारीहरूलाई पु¥याएको सहयोग र प्रदान गरेको प्रेरणाले नारीवादमाथि न्याय गरेको छ। बाँकेका नारीहरूद्वारा सिर्जित नारीवादी कृतिको अर्को उदाहरण बनाएको छ दिला शाहको अँध्यारो बस्तीकी नायिकाले। शीर्षक आफैँले नायिका प्रधान कथाको उद्घोष गरेको छ भने अँध्यारो बस्तीकी नायिका भित्रको शीर्ष कथा एवं समेटिएका अन्य कथाहरूमा पनि नारी प्रधानता झल्किन्छ। सारा संसार नै चकमन्न अँध्यारोमा रुमलिएको बेला एउटी नायिका जसले शाहस र सङ्घर्ष गरेर सिङ्गो युग परिवर्तनका लागि अघि बढेकी छ ।
अतः नारी शक्ति जुर्मुराउँदा ठूला ठूला परिवर्तन हुन सक्ने सम्भावना देखाएको प्रस्तुत कृति नारीवादी कोणबाट प्रशंसनीय बनेको छ। बाँकेमा रहेर विशेषतः आख्यानका क्षेत्रमा कलम चलाइरहेकी कल्पना खरेलको डायस्पोरा केन्द्रित लस इन जेरुसेलममा आंशिक रुपमा देखापरेको नारीवाद समलिङ्गी सम्वन्ध उपन्यासमा अझ सघन रूपले देखापरेको छ। दुई नारी पात्र आफू खुसी घरजम गर्ने मात्र होइन समाजले विवाह बन्धनमा बाँधिदिएका पुरुषसँग चित्त नबुझेपछि आफ्नो अस्तित्वको खोजी गर्दै पुन महिला महिला बिचमै जीवनसाथीको सम्बन्ध कायम गर्ने महिलाहरूको यो तहको विद्रोहले नारीवादी आवाज बुलन्धित गरेको छ। खरेलकै दशौँ कृतिका रूपमा प्रकाशित भृकुटी ऐतिहासिक उपन्यास हो। यद्यपि नारीवादी चरित्रलाई नै प्रमुख पात्रका रुपमा स्वीकारेर उसैको केन्द्रीयतामा कथावस्तुलाई आदि मध्य र अन्त्यको विचरण गराइनुका साथै कतिपय प्रसङ्गमा महिलाहरूको अस्मिता अस्तित्व र स्वाधीनताका विषयमा समेत विचार उठाइएका कारण प्रस्तुत कृति समेत नारीवादी चेतबाट प्रभावित छ। कल्पना पौडेल जिज्ञासुको विद्रोहको तरङ्ग मुक्तक सङ्ग्रह हो। यस कृतिले शीर्षकको तहदेखि नै विद्रोहलाई सङ्केत गरेको छ। कृतिभित्र परेका केही मुक्तकहरुले असमानता थिचोमिचो कुसंस्कार कुसंस्कृतिप्रति विद्रोह जनाएका छन् भने केही रचनाहरूमा नारीको विद्रोही स्वभाव, पुरुषको दमनकारी सोचबाट मुक्तिको चाहना, समाजले नारी पुरुषका बिचमा गर्ने भेदभावको विरोध लगायतका विषयवस्तु समेटिएका कारण आंशिक रूपमा प्रस्तुत कृतिले समेत नारीवादी चेतलाई प्रस्तुत गरेको छ। उल्लिखित कृति र कृतिकारहरू बाहेक मीना बरालको मनका छालहरू, सुमित्रा न्यौपानेको आँखा र आँखाहरू, चरित्र शाहको ताते ताते, गणेशा कार्कीको आँसु किन झर्छ?, शान्ति अधिकारीको मौन विद्रोह, श्रेष्ठ पुष्पा श्रीसको परेलीका बाँधहरू लगायतका नारी श्रष्टाहरूका कृतिहरूमा समेत नारीवादको विशिष्ट प्रयोग भएका कारण बाँकेका नारी साहित्यकारहरूको कृतिहरूमा नारीवादी चेतको प्रधानता झल्किन्छ।









प्रतिक्रिया दिनुहोस्