अझै चुनावका लागि ढुक्कको वातावरण बनेको छैन : ओली



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै पनि चुनावका लागि ढुक्कको वातावरण बनी नसकेको बताएका छन् ।

आइतबार झापाको भद्रपुर विमानस्थलमा अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन् । उनले एमाले चुनावको तयारीमा लागिरहेको तर ढुक्कको वातावरण बनी नसकेकोले बताउँदै उनले भने, ‘चुनाव हुने भयो भने हामी भाग लिन्छौ, चुनावको वातावरण त यसै भन्न सकिन्न अझै पनि ।’ यद्यपि, उनले अब चुनाव हुन्छ भन्ने आफूले ठानेको बताए ।

चुनाव नजिकिएसँगै ओली आफ्‌नो चुनावी क्षेत्रमा केन्द्रित भएका छन् । उनले झापा ५ का विभिन्न टोलमा पुगेर मतदाताहरूसँग भेटघाट गरिरहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन ३ गते आइतबार