काठमाडौं । राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा फागुन १ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् । संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल मन्त्रिपरिषद्को फागुन २६ गतेको सिफारिसमा अधिवेशन अन्त्य गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्य जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गएको र अन्य कुनै महत्वपूर्ण बिजनेश नभएका कारण सरकारले राष्ट्रिय सभाको अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
प्रकाशित मिति : २०८२ माघ २९ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्