इन्डेक्स एक्सचेन्जले ल्यायो ‘शान–ए–रमजान सिजन ५’ योजना



काठमाडौँ ।

इन्डेक्स एक्सचेन्जले ५० वर्ष पूरा गरेको अवसरमा ‘शान–ए–रमजान सिजन ५’ सुरु गरेको छ । एक्सचेन्जले यूएईमा सेवा प्रदान उत्कृष्टताको ५० वर्षको स्वर्ण जयन्ती अवसरमा उक्त योजना ल्याएको हो । स्वर्ण जयन्ती उत्सवसँगै विश्वास, समुदायसँगको सम्बन्ध र यूएईमा रहेका प्रवासी समुदायसँगको साझा प्रगतिको यात्रालाई कम्पनीले गर्वका साथ स्मरण गरेको छ ।

उक्त अवसरमा एक्सचेन्जले आफ्नो नयाँ एक्सएफआई मोबाइल एप पनि सार्वजनिक गरेको छ । यस पहलमार्फत परम्परा, कृतज्ञता र डिजिटल नवप्रवर्तनलाई एकसाथ प्रस्तुत गरिएको कम्पनीले जनाएको छ । पाँच दशकदेखि इन्डेक्स एक्सचेन्ज केवल वित्तीय सेवा प्रदायक मात्र नभई यूएईमा रहेका लाखौँ प्रवासीहरूको दैनिक जीवनमा विश्वासिलो साझेदारको रूपमा स्थापित हुँदै आएको छ ।

परिवारलाई स्वदेशमा रहेका आफन्तलाई सहयोग गर्न सहज बनाउनेदेखि लिएर यूएईमा नयाँ जीवन सुरु गर्न सहयोग पु¥याउँदै कम्पनीले सेवा गर्ने समुदायसँगै आफ्नो विकास गरेको हो । दृढ मूल्य, जिम्मेवार अभ्यास र बहुसांस्कृतिक आवश्यकता प्रतिको गहिरो बुझाइका आधारमा इन्डेक्स एक्सचेन्जले पुस्तौँपुस्तासम्म विश्वास आर्जन गरेको छ, जुन यूएईको खुलापन, विकास र अवसरको यात्रासँग मेल खाने गरेको छ ।

यस अवसरमा इन्डेक्स एक्सचेन्जका अध्यक्ष हमद जस्सिम अल दरविशले ५० वर्षको यात्राले पुस्तौँपुस्तासम्म निर्माण भएको विश्वास र सम्बन्धलाई प्रतिविम्बित गर्ने उल्लेख गरे । यूएईसँगै अघि बढ्दै इमानदारी र नवप्रवर्तनका साथ समुदायको सेवा गर्ने प्रतिबद्धता कायमै रहेको उनले बताए ।

एक्सचेन्जका प्रमुख सञ्चालन अधिकृत सैयद अब्दुस सलामले ५० वर्षको उपलब्धिलाई सबैका लागि अर्थपूर्ण भएको बताउँदै ग्राहकहरूको विश्वास, कर्मचारीहरूको समर्पण र यूएईको सहयोगी वातावरणका कारण यो यात्रा सम्भव भएको उल्लेख गरे । ‘शान–ए–रमजान सिजन ५’मार्फत कृतज्ञता व्यक्त गरिएको र एक्सएफआई मोबाइल एपमार्फत ग्राहकहरूलाई सजिलो, सुरक्षित र सुविधाजनक सेवा उपलब्ध गराउने लक्ष्य रहेको उनले बताए ।

प्रमुख व्यवसाय अधिकृत मिर के रसूलले ५० वर्षदेखि ब्रान्डलाई विश्वास, मानिस र नवप्रवर्तनमा आधारित रूपमा निर्माण गरिएको उल्लेख गरे । ‘शान–ए–रमजान सिजन ५’ र एक्सएफआई मोबाइल एपको सुरुवातले सरल, सुरक्षित र भरपर्दो सेवा प्रदान गर्ने प्रतिबद्धता र आगामी ५० वर्षको लागि तैयार भन्ने नारालाई प्रतिवम्बित गर्ने उनले बताए ।

पवित्र रमजान महिनासँगै ‘शान–ए–रमजान सिजन ५’ इन्डेक्स एक्सचेन्ज र यसको ग्राहकहरूका लागि वार्षिक परम्पराको रूपमा स्थापित भएको छ । पाँचौँ सिजनमा प्रवेश गरेको यस वर्षको अभियान कम्पनीको ५०औँ वार्षिकोत्सवसँग विशेष महत्व बोकेको छ । रमजानको भावनामा आधारित ‘शान–ए–रमजान सिजन ५’ कृतज्ञताको उत्सव हो, जसले ग्राहकहरूको निष्ठालाई सम्मान गर्दै इन्डेक्स एक्सचेन्जको सामुदायिक पहिचानलाई अझ सुदृढ बनाउने उद्देश्य राखेको छ ।

यसले उदारता, करुणा र एकताको मूल्यलाई प्रतिविम्बित गर्दछ । ग्राहकहरूको अपेक्षा परिवर्तन हुँदै जाँदा इन्डेक्स एक्सचेन्ज नवप्रवर्तनमा केन्द्रित रहेको छ । एक्सएफआई मोबाइल एपले दैनिक कारोबारलाई छिटो, सहज र सुविधाजनक बनाउने उद्देश्य राख्दै दशकौँदेखि कायम रहेको सुरक्षा र विश्वसनीयतालाई निरन्तरता दिने जनाएको छ ।

पाँच दशकको यात्रापछि इन्डेक्स एक्सचेन्ज अब आत्मविश्वास र स्पष्ट उद्देश्यका साथ नयाँ अध्यायतर्फ प्रवेश गरेको छ । दीर्घकालीन विश्वास, प्रविधिगत सुदृढता र यूएईको भविष्यबाट प्रेरित हुँदै कम्पनीले आगामी पुस्तासम्म सेवा दिने प्रतिबद्धता दोहो¥याएको छ । स्वर्ण जयन्तीको अवसरमा इन्डेक्स एक्सचेन्जले विगत ५० वर्षझैँ भविष्यमा पनि आफ्ना ग्राहकहरूको साथमा निरन्तर उभिरहने जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २९ गते बिहीबार