दुर्गा प्रसाईंलाई रिहा गर्न राप्रपा अध्यक्ष लिङ्देनको माग



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न माग गरेका छन् । ‘राष्ट्र, राष्ट्रियता धर्म सँस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक समेत रहेका प्रसाईंलाई शुक्रबार प्रहरीले काठमाडौंको चाल्नाखेलबाट पक्राउ गरेको थियो ।प्रसाईंलाई दुःख दिने, फरक मान्यतालाई निरुत्साहित तुल्याउने, दबाउने नियतबाट पटकपटक पक्राउ गरिएको लिङ्देनले बताएका छन् ।

‘राष्ट्र, राष्ट्रियता, धर्म सँस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंलाई दुस्ख दिने, फरक मान्यतालाई निरुत्साहित तुल्याउने, दबाउने नियतबाट पटकपटक पक्राउ गरिएको घटनाप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण भएको छ,’ लिङ्देनले भनेका छन्, ‘राज्यले एउटा व्यक्तिमाथि प्रतिशोध साँध्नु अनुचित मात्र होइन नागरिकले स्वतन्त्रतापूर्वक हिँड्न, डुल्न, बोल्न, लेख्न र शान्तिपूर्ण विरोध समेत गर्न पाउने संविधान प्रदत्त अधिकारको कुण्ठित समेत गरेको छ ।’

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २४ गते शनिबार