कोहलपुर (बाँके) ।
बाँकेको कोहलपुरमा बाँके जिल्लास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । कोहलपुर नगर खेलकुद विकास समितिको आयोजनामा आगामी फागुन ७ गतेदेखि कोहलपुर ११ न्युरोडस्थित खुला मैदानमा प्रतियोगिता आयोजना हुने भएको हो ।
कोहलपुर नगर खेलकुद विकास समितिका अध्यक्ष चक्र चिमला क्षेत्रीका अनुसार माघ २५ गतेदेखि फागुन ६ गतेसम्म टिम दर्ताको समय तोकिएको छ । नेपालको राष्ट्रिय खेलको रूपमा रहेको भलिबल खेलको प्रवद्र्धनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए ।
उनका अनुसार कोहलपुर नगरपालिकाले खेल क्षेत्रलाई विशेष प्राथमिकता दिँदै आएको छ ।
सोही अनुसार फुटबल, क्रिकेटका साथै भलिबल खेलको समेत प्रवद्र्धनका लागि बाँके जिल्ला स्तरीय प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष क्षेत्रीले जानकारी दिए । कोहलपुरमा पहिलोपटक आयोजना हुन लागेको जिल्लास्तरीय प्रतियोगिताको आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको छ ।
प्रथम पुरस्कार ५० हजार, द्धितीय पुरस्कार ३० हजार, तृतीय पुरस्कार २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्रको पुरस्कार रहेको कोहलपुर नगर खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगितामा व्यक्तिगत उत्कृष्ट विधाको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्