बालेन सोमबार सुदुरपश्चिम आउँदै



राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा भावि प्रधानमन्त्रीका उम्मेदवार घोषित बालेन शाह पार्टीको पक्षमा चुनावी माहोल सृजना गर्न सोमबार सुदूरपश्चिम प्रदेश आउने भएका छन् । बालेन कैलालीको धनगढी पुग्ने र त्यहाँबाट आफ्‌नो नजिकमा रहेर काम गर्दै आएका सहयोगीहरुको चुनाव क्षेत्रमा गई प्रचार अभियानमा सहभागी हुने भनिएको छ ।

मधेश प्रदेशको जनकपुरबाट आफ्‌नो चुनावी यात्रा सुरु गरेका बालेन झापा लगायत कोशी प्रदेशका विभिन्न जिल्लामा पुगेर शनिबार साँझ काठमाडौं फर्किएका थिए । अब त्यहाँबाट सुदुरपश्चिमतिर लाग्ने उनको सचवालय स्रोतले जनाएको छ ।

सुदुरपश्चिम प्रदेशको अछाममा उनका दुई जना सहयोगीहरु चुनावी प्रतिस्पर्धामा छन् । अछाम क्षेत्र नम्बर २ बाट भूपदेश शाह र कैलाली क्षेत्र नम्बर २ बाट केपी खनाल चुनावी उम्मेदवार रहेकोले उनीहरुका पक्षमा मतदाता आकषिर्एत गर्न बालेन आउन लागेको चर्चा भइरहेको छ ।

बालेनप्रति युवापुस्ताको आकर्षण देखेर धेरैजसो उम्मेदवारले आफ्नो क्षेत्रमा लैजान पहल गरिरहेका पनि बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ११ गते आइतबार