प्रमुख तीन दलले भावी प्रधानमन्त्रीको उम्मेदवार तोकेर चुनावी अभियानमा होमिएपछि सामाजिक सन्जालमार्फत उनीहरुसँग सार्वजनिक बहसको माग गरिएको थियो । जसलाई एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकार आफू तयार रहेको घोषणा गरेका थिए । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रधानमन्त्रीका उम्मेदवार बनाइएका बालेन्द्र शाह (बालेन) ले भने ओलीसँग त्यस्तो सार्वजनिक बहस नगर्ने भन्दै अस्वीकार गरेका छन् ।
एउटै निर्वाचन क्षेत्र झापा–५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका ओली र बालेनसहित नेपाली कांग्रेसका सभापति एवं भावी प्रधानमन्त्रीका घोषित उम्मेदजार गगन थापाबीच बहस हुनुपर्ने माग भइरहेको बेला बालेनले त्यसलाई अस्वीकार गरेका हुन् ।
आइतबार बिहान एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू सार्वजनिक बहसका लागि तयार रहेको भन्दै फेसबुकमा स्टाटस लेखेका थिए । उक्त स्टटसमूनि कमेन्ट गर्दै बालेनले आफू ‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिने,’ भनेका छन् ।











प्रतिक्रिया दिनुहोस्