सार्वजनिक बहसमा ओलीसँग सहभागी हुन बालेनले गरे अस्वीकार



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले भावी प्रधानमन्त्रीको उम्मेदवारको रूपमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग ‘पब्लिक डिबेट’ नगर्ने बताएका छन् ।

एमाले अध्यक्ष ओलीले भावी प्रधानमन्त्रीका उम्मेदवारबीच पब्लिक डिबेट हुनु सकारात्मक भएको भन्दै त्यसका लागि तयार रहेको फेसबुकमा स्टाटस लेखेका थिए । सोही स्टाटसको कमेन्टमा बालेनले पब्लिक डिबेट गर्न अस्वीकार गरेका हुन् ।

‘तपाईंहरूले आफैँ २३ गते बच्चाहरू मारेको आत‌ङ्कवाद लुकाउन २४ गत्ते जलाएको हो । आफूलाई आत‌ङ्कवादीचाहिँ कहिले स्वीकार्ने हो ?’, बालेनले ओलीको स्टाटस्‌मा कमेन्ट गरेका छन्, ‘त्योपछि अरु कुरा गरौँला । ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ ।’

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ११ गते आइतबार