गोरखामा बाबुरामपछि प्रलोपाका गोपालले पनि लिए उम्मेदवारी फिर्ता



गोरखा ।

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलाेपा) बाट गोरखा क्षेत्र नं १ का उम्मेदवार गोपालबाबु श्रेष्ठले आज आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । प्रलोपाबाट उम्मेदवारी दिएका श्रेष्ठले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए ।

कार्यालयमा प्रस्तावक तथा समर्थकसहित उपस्थित भएर श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका हुन् । उनीहरुको उम्मेदवारी फिर्ता भएसँगै आसन्न प्रतिनिधिसभाको निर्वाचनमा गोरखा क्षेत्र नं १ मा अब १२ जना र क्षेत्र नं २ मा १३ जना उम्मेदवार कायम भएको छ ।

यसअघि प्रलोपाबाट गोरखा २ मा उम्मेदवारी दिएका डा. बाबुराम भट्टराईले पनि उम्मेदवारी फिर्ता लिएका छन् । यो सँगै गोरखाको २ वटै क्षेत्रबाट प्रलोपाले उम्मेदवारी फिर्ता लिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ९ गते शुक्रबार