स्याङ्जा-१ का स्वतन्त्र उम्मेदवार दर्जीले लिए उम्मेदवारी फिर्ता



स्याङ्जा ।

स्याङ्जा क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवार दिएका आँधीखोला गाउँपालिका –२ का ३४ वर्षीय मनोज नेपाली दर्जीले उम्मेदवारी फिर्ता लिएका छन् । गरिब र धनीबीचको दूरि हटाउनको लागि उम्मेदवारी दिएको र पारिवारिक समस्याका कारण उम्मेदवारी फिर्ता लिएको उनले बताएका छन् ।

स्याङ्जाका मुख्य निर्वाचन अधिकृत उपेन्द्र प्रसाद गौतमका अनुसार स्वतन्त्र उम्मेदवार दर्जीले नाम फिर्ता लिन निवेदन दिएका हुन् ।

गौतमले भने, ‘स्वतन्त्र उम्मेदवारी दिएका दर्जीको फिर्ताको निवेदन आएको छ ।उम्मेदवारी फिर्ताका लागि निर्धारित समय आज दिउँसो १ बजेसम्मलाई रहेको थियो, यो अवधिमा निर्वाचन क्षेत्र नम्बर १ बाट एक जनाको मात्र उम्मेदवारी फिर्ता भएको छ ।’

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ९ गते शुक्रबार