माघः नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रियसभा सदस्यसमेत रहनुभएका उनले आज पदबाट राजीनामा दिएको पार्टी कार्यालयले जनाएको छ ।

कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि पौडेलल मुख्यसचिव पदबाट राजीनामा दिएका हुन् । तत्कालीन महामन्त्री गगनकुमार थापाको सभापतित्वमा यही माघ १ गते नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको थियो । उक्त कार्यसमितिको बैठक पहिलो पटक शुक्रबार केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ ।
प्रकाशित मिति : २०८२ माघ ८ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्