जेनजी आन्दोलन घटनाको जाँचबुझ गर्न बनेको आयोगको म्याद थपिँदै



काठमाडौँ – भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका घटनाको जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगको म्याद दोस्रो पटक थप्ने तयारी भएको छ ।

आयोग गठन गर्दा सुरुमा ३ महिनाको समय दिएर घटनाको जाँचबुझ गरी प्रतिवेदन तयार पार्न भनिएको थियो । तर उक्त समयमा आयोगले काम नसकेपछि एक महिना म्याद थप गरिएको थियो । थपिएको म्याद पनि यही माघ ८ गते बिहीबार सकिँदै छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ७ गते बुधबार