काठमाडौं-३ मा राजुनाथ पाण्डे रास्वपा उम्मेदवार



काठमाडौं ।

काठमाडौं महानगरपालिकाका पूर्वप्रहरी प्रमुख राजुनाथ पाण्डेलाई राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार बनाएको छ । रास्वपाले उनलाई काठमाडौं-३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने भएको हो ।

पाण्डेले आफूले टिकट पाएको र मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गर्ने जानकारी दिए । आसन्न निर्वाचनमा सहभागी हुन भन्दै उनले केही दिनअघि महानगर प्रहरी प्रमुख पदबाट राजीनामा दिएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ५ गते सोमबार