रुपन्देही ।
नेकपा एमालेको निर्वाचन चिन्ह सूर्यबाट जसपाका महासचिव रहेका मोहम्मद इस्तियाक राई उम्मेदार बन्ने भएका छन् । एमाले जिल्ला अध्यक्ष निरक गुरुङले पार्टी केन्द्रबाट राईलाई अगाडि सार्ने निर्णय आएको स्थानीय नेताहरुलाई जनाएका छन् ।
यो क्षेत्रबाट राईले २०६४ र २०७४ मा निर्वाचन जितेका थिए भने २०७९ मा एमालेले राप्रपा नेता धवल शमशेर राणालाई सघाउँदा पराजित भएका थिए । राई निकटस्थ पत्रकार आकाश देवकोटाले केही समयअघि राईले सूर्य चिन्हबाट निर्वाचन लड्ने निश्चित भएको बताए ।
यो क्षेत्रबाट राईनिकट २ प्रदेश सभा सदस्य आदेश अग्रवाल र भण्डारीलाल यादव निर्वाचित छन् ।अहिले उनीहरु सबै राईलाई सघाउन तयार भएका हुन् । बाँके २ मा राप्रपाबाट यसअघि जितेका डा. धवलशमशेर राणा उम्मेदार नबन्ने संकेत गरे पनि राप्रपाले अर्को उम्मेदार टुंग्याएको छैन । नेकपाले दिपेन्द्र विष्टलाई उम्मेदार बनाएको छ भने कांग्रेस रास्वपाले टुंगाएका छैनन् ।









प्रतिक्रिया दिनुहोस्