बालेनले दिए राजीनामा



काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजीनामा दिएका छन् । मेयर शाह उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् । शाहले राष्ट्रिय स्वतन्त्र पार्टीबाट संसदीय चुनावमा उम्मेदवारी दिने भएपछि मेयरबाट राजिनामा दिएका हुन् । बालेनले केपी शर्मा ओलीलाई पराजित गर्ने भन्दै झापा–५ बाट निर्वाचन लड्ने तयारी गरेका छन् ।

रास्वपाका वरिष्ठ नेता समेत रहेका बालेन आजैबाट रास्वपाको राजनीतिमा सक्रियतापूर्वक सहभागी हुँदैछन् । बाले दिउँसोे नै पार्टी कार्यालय जाने भनिएपनि राजीनामा लगायतका विषयमा बालेन दोधारमा परेपछि ढिलाई भएको बताइएको छ ।

बालेनलाई रास्वपा कार्यालयमा स्वागतपश्चात आजै जनकपुर जाने र त्यहीँबाट चुनावी अभियान सुरु गर्ने कार्यक्रम रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ४ गते आइतबार